नियमित यी तीन आसन गर्दा बच्चा पाउन सहज हुन्छ

 बच्चा गर्भमा हुँदा महिलाले निकै सास्ति खेप्नु पर्छ । गर्भावस्थामा हुने समस्याबाट बच्नका लागि नियमित योग गर्दा निकै फाइदा पुग्न सक्छ । नियमित योग गर्दा प्रसवको समयमा हुने पीडाबाट पनि केही बच्न सहयोग पुग्छ । त्यसैले बच्चा गर्भमा हुँदा महिलाले यी तीन योग आसन नियमित गर्नु उपयुक्त मानिन्छ ।

फर्याकासन
यो आसन गर्भवति महिलाले सुरुआति महिनादेखि नै गर्न सक्छन् । पर्याकासन एक निकै सरल आसन हो । यस आसलाई गर्नका लागि सबै भन्दा पहिले दरी वा चटाई बिछ्याउने । त्यसपछि दरिमा पिठिउको सहायतामा पल्टिने । त्यसपछि दुबै घुडा मोड्ने र खुट्टाका पन्जाले थाई छुने कोशिस गर्ने । यही अवस्थामा केही बेर रहने । तर, आफ्नो क्षमता अनुसार मात्रै यस आसनलाई गर्नुपर्छ । पर्याकासन गर्दा खुट्टाको थाई र पेटको समस्या कम हुन्छ । यो आसन गर्दा मांशपेसी समेत बलियो हुन्छ । यो आसन गर्दा प्रसवको समयमा कम दुःख हुन्छ । तर, यो आसन कसैको रेखदेखमा गर्दा उपयुक्त हुन्छ ।

भद्रासन

भद्रासनलाई गर्भवती महिलाले सहज रुपमा गर्न सक्छन् । भद्रासनलाई ‘बटरफलाई’ पोज पनि भनिन्छ । किनकी यो आसनको अवस्था पुलतिको जस्तो हुन्छ । यो आसन गर्दा जमिनमा बसेर आफ्नो खुट्टालाई नमस्ते आकारमा राख्नुपर्छ । यो अवस्थामा पिठिउको अवस्था भने सिधा राख्नुपर्छ । त्यसपछि खुडा फैलायर पन्जाले छाति मुनी र नाइटो निर पेटलाई समात्ने । करिव दुईदेखि पाँच मिनेटसम्म यहि अवस्थामा बस्न सकिन्छ । यो आसन गर्दा पेटको मांशपेसी बलियो बन्दै जान्छ र गर्भवति महिलालाई सहज हुन्छ ।

यस्तकासन
यस्तिकासन गर्भवती महिलाका लागि निकै फाइदाजनक मानिन्छ । यो आसन गर्दा जमिनमा पिठिउको बलमा सुत्नुपर्छ । त्यसपछि खुट्टालाई एक अर्कासँग टासेर राख्नुपर्छ । त्यसपछि स्वास लिँदै दुबै हातलाई उठाएर टाउँको तर्फ लग्ने । यो आसनलाई तीन÷चार पटक केही समय रुक्दै गर्न सकिन्छ । यो आसनले गर्भवति महिलाको शरीरको आकारलाई सही बनाउन मद्दत गरिरहेको हुन्छ । यो आसन गर्दा तनावसमेत कम हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय