जन्मिनेबित्तिकै ‘कोराना’ संक्रमण

चीनमा भर्खरै जन्मिएका दुई शिशुमा ‘कोरोना भाइरस’को संक्रमण पुष्टि भएको छ।

जन्मिएको ३० घण्टापछि उनीहरुलाई यस्तो संक्रमण पुष्टि भएको उहानस्थित एक बाल अस्पतालले जनाएको छ।‘ती नवजात शिशुका आमालाई यसअघि नै भाइरसको संक्रमण पुष्टि भइसकेको थियो’ अस्पतालले भनेको छ।

चिनिया टेलिभिजन सिसिटिभीले जनाएअनुसार जन्मिएको घण्टापछि ती शिशुहरुको परीक्षण परिणाम ‘पोजेटिभ’ देखिएको थियो। नवजात शिशुलाई नै यसको संक्रमण पुष्टि भएपछि चिकित्सकहरुलाई चिन्ता यो बढेको छ कि, अब गर्भका शिशुलाई कसरी सुरक्षित गर्ने?
यसअघि एकजना महिलाले स्वस्थ बच्चा जन्म दिएकी थिइन्। संक्रमण पुष्टि भएका गर्भवति महिलालाई उक्त अस्पतालले छुट्टै राखेर उपचार गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय