एनएमए निर्वाचन अपडेट : मतगणना ३ ठाउँमा गर्ने सहमति, सुरुमा उपत्यकाबाहिरको गनिने

नेपाल चिकित्सक संघको २८औँ कार्यकारिणी समितिका लागि सम्पन्न निर्वाचनको मतगणना केहीबेरमै सुरु हुने भएको छ । बुधबार बिहानैदेखि हुनुपर्ने मतगणना प्रगतिशील समूहले कति ठाउँमा मत गर्ने भन्नेबारे विवाद निकालेका कारण रोकिएको थियो । प्रगतिशील समूहका महासचिवका उम्मेदवार डा. मधुर बस्नेतले एक ठाउँमा मात्र मत गन्नुपर्ने र सबै मत प्रोजेक्टरमार्फत देखाइनुपर्ने अडान राखेका कारण सहमति हुन सकेको थिएन ।

३ स्थानमा मतगणना गर्ने र सुरुमा उपत्यकाबाहिरको गणना गर्ने सहमति भएको मतगणनास्थलमा रहेका हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले बताए । ४ र ५ माघमा मोफसलका १६ शाखामा भएको निर्वाचनको मत सुरुमा गनिनेछ । १८ वटा केन्द्रमा खसेको मतलाई एकआपसमा मिसाएर गन्ने सहमति भएको छ ।

उपत्यकाबाहिरका १८ वटा मतदान केन्द्रमा कुल २ हजार ८ सय ५० मत खसेको छ । मोफसलमा कुल मतदाताको ८० प्रतिशत मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय