बाजुरामा भाइरल ज्वरोको प्रकोप : दुईजनाको मृत्यु, २१५ बिरामी

हेल्थपाेस्ट/बाजुरा
प्रकाशित
२०७६ माघ २२ गते १६:५१

बाजुरामा भाइरल ज्वरोका कारण दुईजनाको मृत्यु भएको छ।

जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका– १ जोरुमा भाइरल ज्वरोका कारण ५५ वर्षीया मिमा कडाराको मृत्यु भएको साप्पटा स्वास्थ्यचौकीका इञ्चार्ज विर्ज विकले जानकारी दिए। यस्तै बुधबार सोही गाँउपालिकाका ७० वर्षे दलबहादुर रावलको मृत्यु भएको गाउँपालिकाका सूचना अधिकारी कुमेरबहादुर शाहीले बताए।

विर्जका अनुसार मृतक भएका कडाराका घरमा अन्य पाँच जना सदस्य पनि बिरामी परेका छन्।

उनका अनसरा स्वामी कार्तिक गाउँपालिका वडा नम्बर–१ मा सिजनल फ्लू भनिएको भाइरल ज्वरोका कारण २ सय १५ जनाभन्दा बढी बिरामी परेका छन्।

गाउँभरि रोग फैलिएपछि स्वास्थ्य सेवा प्रदान गर्न समेत समस्या भएको जनाइएको छ। एक साता यता बिरामीको संख्या बढिरहेको छ। तर, पर्याप्त मात्रामा औषधि र जनशक्ति नहुँदा समस्या हुन थालेको उनले बताए।

स्वामीकार्तिक खापर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भक्तबहादुर कैलाले स्टकमा रहेको औषधिसहित भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको बताए।

स्वास्थ्यकर्मीले भाइलर ज्वरो अन्य ठाउँमा पनि फैलन सक्ने भन्दै गाउँलेलाई मास्क लगाउन, पानी उमालेर खान तथा भिडभाडमा नजान सुझाव दिएको इन्चार्ज बिकले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय