चिकित्सक संघ निर्वाचन मतगणना अझै सुरु हुन सकेन

काठमाडौं । नेपालको सबैभन्दा पुरानो पेसागत संगठन नेपाल चिकित्सक संघ (एनएमए) को २८औं कार्यकारिणी समिति निर्वाचन मंगलबार बेलुका नै सक्किएको थियो। मतगणना बुधबार बिहान ८ बजेबाट न‍ै गर्ने भनिए पनि अहिलेसम्म सुरु हुन सकेको छैन।

संघको केन्द्रीय कार्यालयमा बुधबार बिहान ८ बजेबाट गर्ने भनिएकाे मतगणना अहिलेसम्म पनि हुन सकेको छैन।

प्रगतिशीलतर्फका महासचिव उम्मेदवार डा‌. मधुर बस्नेतले एक ठाउँमा मात्र मत गणना गरिनुपर्ने र गणना भएको प्रत्येक मतलाई प्रोजेक्टरबाट सार्वजनिक गर्नुपर्ने माग राखेपछि मत गणनामा ढिलाइ भइरहेको निर्वाचन समितिका एक सदस्यले बताए।

उपत्यकामा १७ माघमा सुरु भएको मतदान मंगलबार ४ बजे सकिएको थियाे। निर्वाचन समितिले उपत्यकाका लागि पाँच दिनसम्म मतदानको कार्यतालिका तय गरेको थियो। उपत्यकाका लागि बागबजारस्थित संघको केन्द्रीय कार्यालय भवनलाई एकमात्र निर्वाचन केन्द्र तोकिएको थियो।

उपत्यका बाहिरका १६ शाखामा ४ र ५ माघमै मतदान भइसकेको छ। मोफसलका चिकित्सकले १८ निर्वाचन केन्द्रमार्फत मतदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय