कोरोना उपचार : जादू चल्ला त ‘कक्टेल’ डोजको ?

‘कक्टेल’ औषधीको प्रयोगले कोरोना भाइरसका केही संक्रमितहरु निको भएपछि अहिले त्यो प्रयोगको बारेमा चर्चा हुन थालेको छ।
थाइल्याण्डको एउटा अस्पतालमा ‘फ्लु’ र ‘एचआइभी’को औषधी ‘कक्टेल’ बनाएर एकजना संक्रमितलाई निको पारेको दाबी गरेको थियो।
बैंककको राजविथी अस्पतालले एकजना ७१ वर्षीया संक्रमितमा यो ‘कक्टेल’ प्रयोग गरेको थियो।

अस्पतालका डाइरेक्टर डा. सोमकित ललितवाङगसाका अनुसार ४८ घण्टामै ती संक्रमितमा केही सुधार देखियो। यो अस्पतालसहित बैंककका धेरै अस्पतालहरुले अहिले त्यही ‘कक्टेल’ विधिमा कोरोना संक्रमितको उपचार गरिरहेका छन्।
यो ‘एन्टी फ्लु’ Oseltamivir तथा एचआइभीका लागि प्रयोग गरिने Lopinavir and Ritonavir औषधिको समिश्रणबाट तयार पारिएको हो।
यहाँजस्तै चीनमा पनि यो ‘कक्टेल’ औषधी तीनजनामा परीक्षण गरिएको थियो। र, उनीहरु निको पनि भएका छन्। हङकङको एउटा हेपाटाइटिसविरुद्धको औषधि उत्पादन कम्पनीले भनेको छ ‘एन्टी भाइरल औषधि र एचआइभी विरुद्धको औषधीको समिश्रणबाट कोरोना भाइरसको उपचारका लागि मेडिकल परीक्षण सफल भएको छ।’

अहिलेसम्म कोरोना भाइरसकै लागि भनेर ठ्याक्कै कुनै औषधि वा भ्याक्सिनहरु पत्ता लागिसकेको छैन। समिश्रण गरिएको यो ‘कक्टेल’लाई अहिले कोरोनाको सम्भाव्य औषधिको रुपमा लिइएको छ।  झेजियाङ प्रान्तमा २० जनाजतिमा यो ‘कक्टेल’ औषधि परीक्षण गरिएको थियो। कोरोना भाइरसका परीक्षणमा ‘पोजेटिभ’ परिणाम देखिएका बिरामीको अवस्था यो औषधिका कारण ‘नेगेटिभ’ भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय