‘चीनमा रहेका नेपाली विद्यार्थीलाई फिर्ता ल्याउने तयारी तीव्र, १४ दिन क्वारेन्टाइनमा राखिनेछ’

भानुभक्त ढकाल

स्वास्थ्य तथा जनसंख्या एवम् कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपालीहरूलाई ल्याउने तयारीमा सरकार रहेको बताएका छन्।

नोवल कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि भइरहेका प्रयासका सम्बन्धमा संघीय संसदलाई जानकारी गराउँदै मन्त्री ढकालले चीनमा रहेका नेपालीहरूलाई स्वदेश फिर्ता गरिने प्रष्ट पारेका हुन्। चीनमा रहेका नेपालीहरू ल्याउन तयारीसँगै उनीहरूलाई राख्ने स्थानको खोजीमा सरकार रहेको उनले बताए।

चीनमा अध्ययनरत नेपाली विद्यार्थी ल्याउने विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै मन्त्री ढकालले उनीहरूलाई चाँडै स्वदेश ल्याउन सरकारले तयारी गरिरहेको बताए। ‘नेपाल फर्किन चाहने विद्यार्थीलाई ल्याउन र अरुलाई संक्रमणको जोखिम नहोस् भन्नेमा पनि सरकार गम्भीर छ,’ उनले भने।

मन्त्री ढकालले हुवान प्रान्तमा विमानस्थल बन्द रहेको जानकारी दिँदै यातायात सञ्चालन भएपछि नेपाली विद्यार्थीलाई फिर्ता ल्याइने बताए। ‘फिर्ता ल्याएका विद्यार्थीलाई न्युनतम १४ दिन क्वारेन्टाइनमा राखेर मात्रै सार्वजनिक सम्पर्कमा पठाउने गरी तयारी गरिएको छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय