चिकित्सक संघ निर्वाचन : मतदान गर्ने आज अन्तिम दिन

नेपाल चिकित्सक संघको दोस्रो चरणको निर्वाचनअन्तर्गत आज अन्तिम दिन उपत्यकाभित्र मतदात जारी छ। निर्वाचन अधिकृत डा. नविन्द्रराज विष्टका अनुसार आज बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको छ। ४ बजेसम्म लाइनमा बसिसक्ने सबैले मतदात गर्न पाउनेछन्।
उपत्यकामा अहिलेसम्म करिब ३ हजारहाराहारी मत खसेको छ भने, उपत्यकाबाहिर २ हजार ८ सय ५१ मत खसेको थियो।

नेपालको पहिलो पेसागत संगठनको आगामी नेतृत्वका लागि चिकित्सकका दुई प्यानल मैदानमा छन्। कूल १३ पदका लागि दुई प्यानलका २६ र चार स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ। निवर्तमान कार्यकारिणी समितिका महासचिव डा. लोचन कार्कीको नेतृत्वमा लोकतान्त्रिक तथा पेसागत समूह मैदानमा छ।

सत्तारुढ नेकपानिकट मानिने पेसागत तथा समावेशी समूहको नेतृत्व डा. पुष्पमणि खरालले गरिरहेका छन्। महासचिवमा दुई र सदस्यमा दुई चिकित्सकले कुनै प्यानलमा आबद्ध नभई उम्मेदवारी दिएका छन्।

संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा छन्। खासगरी चिकित्सकहरू लोकतान्त्रिक र प्रगतिशील समूहका छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा छन्। जसअनुसार लोकतान्त्रिक समूह वर्तमान महासचिव डा. लोचन कार्कीको नेतृत्वमा र प्रगतीशील समूह डा. पुष्पमणि खरालको नेतृत्वमा चुनावी मैदानमा छ। दुई प्यानलबाहेक महासचिवमा प्रगतिशील समूहबाट टिकट नपाएपछि असन्तुष्ट बनेका थप दुईले उम्मेदवारी दिएका छन्।

लोकतान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्षमा डा. शिवप्रसाद श्रेष्ठ, उपाध्यक्ष डा. अनिलविक्रम कार्की, महासचिव डा. बद्री रिजाल, कोषध्यक्ष डा. प्रकाश बुढाथोकी, सहकोषाध्यक्ष डा. विश्वराज दवाडी र सहसचिवमा डा. निरजकुमार सिंह मैदानमा छन्। सदस्यमा लोकतान्त्रिक समूहबाट डा. विक्रान्त ढकाल, डा. विपेश आचार्य, डा. नन्दकुमारी गुरुङ, डा. प्रमोद जोशी, डा. रितेश थापा र डा. सञ्जीव तिवारी छन्।

प्रगतिशील समूहले अध्यक्षमा डा. खराल, वरिष्ठ उपाध्यक्ष डा. रक्षा श्रेष्ठ, उपाध्यक्ष डा. रञ्जितकुमार झा, महासचिव डा. मधुर बस्नेत र कोषाध्यक्षमा सुरुमा स्वतन्त्र उमेदवारी दिएका डा. सञ्जितकुमार साहलाई नै पछि प्यानलमा राखेर मैदान उतारेको छ। प्रगतिशील समूहबाट सहसचिवमा डा. शैलेन्द्र झा र सहकोषाध्यक्षमा डा. उदयनारायण सिंह मैदानमा छन्।

महासचिवमा बस्नेतसहित डा. अजय कुमार मिश्र र डा. दीपेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन्। दुवै प्रगतिशीलबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। प्रगतिशीलबाट सदस्यका लागि डा. दीपकप्रसाद कोइराला, डा. जगदीशचन्द्र विष्ट, डा. लिजन महर्जन, डा. राकेशकुमार साह, डा. सुमन काफ्ले र डा. त्रिभुवनचन्द्र झा छन्। तीबाहेक स्वतन्त्र सदस्यमा अमित चतुर्वेदी र प्रवीणकुमार गिरी पनि चुनावी मैदानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय