चीनले आठै दिनमा बनायो अस्पताल, आजबाट उपचार सुरु हुने

चीनले निकै तीव्र गतिमा तयार गरेको एउटा अस्पतालमा आजबाट सेवा सुरु हुँदैछ।

कोरोना भाइरसले महामारी रूप लिएपछि चीनले आठ दिनमै उहानमा त्यो अस्पताल बनाएको हो। यो अस्पताल पूरै सुविधासम्पन्न भएको चीनले जनाएको छ।

साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार यो अस्पतालमा १ हजार ४ सय विज्ञ स्वास्थ्यकर्मी परिचालन गरिएको छ। तीमध्ये धेरैजसो चिनियाँ सेनाबाट खटाइएको छ।

इबोलाको महामारी फैलिएक बेला पनि चीनले यस्तै अस्पताल बनाएको थियो।

यसअघि चीनले ४ सयभन्दा बढी सैन्य चिकित्सक उहान सहरमा खटाइसकेको थियो।

आइतबार नै चिकित्सकहरु बन्दोबस्तीका सामानहरुसहित अस्पताल पुगिसकेका छन्।

खासगरी कोरोना भाइरस संक्रिमतको उपचारका लागि बनाइएको यो अस्थायी अस्पतालमा एक हजार तयारी बेड छन्।

१३ सय बेडको अर्काे अस्पताल पनि निर्माणको क्रममा छ। यो अस्पताल पनि यसैसाता निर्माण भइसक्ने बताइएको छ।

चीनबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म ३ सय ६१ जनाको मृत्यु भइसकेको छ। १७ हजार ३ सय ८८ मानिस यो भाइरसबाट संक्रमित भइसकेको चीनले पुष्टि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय