स्वास्थ्य सेवाको १२औँ तह बढुवामा पाँच नाम सिफारिस

स्वास्थ्य सेवाअन्तर्गत रिक्त १२औँ तहकाे तीन पदमा पाँचजनाको नाम सिफारिस भएको छ। आइतबार अबेरसम्म स्वास्थ्य मन्त्रालयमा बसेको लोकसेवा आयोगको अध्यक्षको अध्याक्षतामा रहेको पाँच सदस्यीय बढुवा समितिले वरिष्ठता, कार्यसम्पादन र दुर्गममा सेवाका आधारमा उच्च अंक पाएका ती पाँचकाे नाम सिफारिस गरेको हो।

जसमा डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह, डा. भीमसिंह तिंकरी, डा. केदार सेन्चुरी र महेन्द्रप्रसाद श्रेष्ठलाई सिफारिस गरिएको छ । सिफारिस नामउपर सम्भवत: आजै बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल र निर्णय हुनेछ।

यसअघि समितिले निवेदन माग गरेको थियो, जसमा ११औँ तहका झन्डै तीन दर्जनले निवेदन दिए पनि ऐनअनुसार उच्चतम अंक पाएका पाँचको सिफारिस भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय