चिकित्सक संघ मतदान अपडेट : तेस्रो दिन ८०७ मत


नेपाल चिकित्सक संघ (एनएमए)को २८औं कार्यकारिणी समितिका लागि भएको निर्वाचनको दोस्रो चरणको तेस्रो दिन ८ सय ७ मत खसेको छ । उपत्यकामा पाँच दिनका लागि मतदान मिति तय भएकोमा तेस्रो दिन शनिबारभन्दा बढी अर्थात् ८०७ मत खसेको केन्द्रीय निर्वाचन अधिकृत मिलनचन्द्र खनालले बताए ।
यसअघि शनिबार ८२८ झरेको थियो ।
दोस्रो चरणको निर्वाचनको पहिलो दिन शुक्रबार ३२६ मत खसेको थियो । खनालका अनुसार उपत्यकामा हालसम्म १ हजार ९ सय ६१ मत खसेको छ ।

उपत्यकाबाहिर १६ शाखामा : २८५१
शुक्रबार : ३२६
शनिबार : ८२८
आइतबार : ८०७

 

नेपालको पहिलो पेसागत संगठनको आगामी नेतृत्वका लागि चिकित्सकका दुई प्यानल मैदानमा छन् । कुल १३ पदका लागि दुई प्यानलका २६ र ४ स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । निवर्तमान कार्यकारिणी समितिका महासचिव डा. लोचन कार्कीको नेतृत्वमा लोकतान्त्रिक तथा पेसागत समूह मैदानमा छ । सत्तारुढ नेकपानिकट मानिने पेसागत तथा समावेशी समूहको नेतृत्व डा. पुष्पमणि खरालले गरिरहेका छन् । महासचिवमा २ र सदस्यमा २ चिकित्सकले कुनै प्यानलमा आबद्ध नभई उम्मेदवारी दिएका छन् ।

संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा छन्। खासगरी चिकित्सकहरु लोकतान्त्रिक र प्रगतीशील समूहका छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा छन् । जसअनुसार लोकान्त्रिक समूह वर्तमान महासचिव डा. लोचन कार्कीको नेतृत्वमा र प्रगतीशील समूह डा. पुष्पमणि खरालको नेतृत्वमा चुनावी मैदानमा छ । दुई प्यानलबाहेक महासचिवमा प्रगतीशील समूहबाट टिकट नपाएपछि असन्तुष्ट बनेका थप दुई जनाले उमेदवारी दिएका छन् ।

लोकतान्त्रिक समूहबाट बरिष्ठ उपाध्यक्षमा डा. शिवप्रसाद श्रेष्ठ, उपाध्यक्षमा डा. अनिलविक्रम कार्की, महासचिवमा डा. बद्री रिजाल, कोषध्यक्षमा डा. प्रकाश बुढाथोकी, सहकोषाध्यक्षमा डा. विश्वाराज दवाडी र सहसचिवमा डा. निरजकुमार सिंह मैदानमा छन् । सदस्यहरुमा लोकतान्त्रिक समूहबाट डा. विक्रान्त ढकाल, डा. विपेश आचार्य, डा. नन्दकुमारी गुरुङ, डा. प्रमोद जोशी, डा. रितेश थापा र डा. सञ्जिव तिवारी रहेका छन्।

प्रगतीशील समूहले अध्यक्षमा डा. खराल, बरिष्ठ उपाध्यक्षमा डा. रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा. रञ्जितकुमार झा, महासचिवमा डा. मधुर बस्नेत, कोषाध्यक्षमा सुरुमा स्वतन्त्र उमेदवारी दिएका डा. सञ्जितकुमार साहलाई नै पछि प्यानलमा राखेर मैदानमा उतारेको छ । प्रगतीशील समूहबाट सहसचिवमा डा. सैलेन्द्र झा, सहकोषाध्यक्षमा डा. उदयनारायण सिंह मैदानमा छन् ।

महासचिवमा बस्नेतसहित डा. अजय कुमार मिश्र, डा. दीपेन्द्र पाण्डेले उमेदवारी दिएका छन् । दुबै प्रगतीशीलबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका उमेदवार हुन्। प्रगतीशीलबाट सदस्यका लागि डा. दिपकप्रसाद कोइराला, डा. जगदिशचन्द्र विष्ट, डा. लिजन महर्जन, डा. राकेश कुमार साह, डा. सुमान काफ्ले र डा. त्रिभुवन चन्द्र झा रहेका छन्। तीबाहेक स्वतन्त्र रुपमा सदस्य पदमा अमित चतुर्वेदी र प्रवीणकुमार गिरी पनि चुनावी मैदानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय