कोरोना नियन्त्रणमा सरकारी प्रयास : स्वास्थ्य विभागले भन्यो- मेडिकल सामग्री मौज्दात राख्नू

कोरोना भाइरस नियन्त्रणको तयारीका लागि सरकारले विभिन्न मेडिकल सामग्रीहरु मौज्जाद राख्न निर्देशन दिएको छ।

औषधी व्यवस्था विभागले एक सूचना निकाल्दै व्यवसायीहरुलाई त्यस्ता सामग्रीहरु बचाइ राख्न र अनावश्यक निर्यात नगरिदिन अनुरोध गरेको हो।

रसासय तथा मेडिकल आपूर्ति संघलाई पत्र लेख्दै विभाले भनेको छ ‘आवश्यक पर्ने विभिन्न किसिमका स्वास्थ्य सामगीहरु जस्तै मास्क, ग्लोब्स्को अत्यधिक माग भइरहेको र बजारमा अभावको स्थिति देखिएको छ।’

विभागले यी सामग्रीहरु पर्याप्त मौज्जाद अवस्थामा राखिदिन, निर्यात नगर्न तथा नगराउन, मौज्जाद विवरण, स्थानीय उत्पादकको क्षमता विभागमा जानकारी गराउन, खुल्ला विक्रि नियन्त्रित रुपमा देशैभरि उपलब्ध हुने व्यवस्था मिलाउन तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्रि नगर्न पनि भनेको छ।

चीनबाट फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण नेपालमा पनि एकजनालाई पुष्टि भइसकेको छ। अहिलेसम्म यो भाइरसका कारण ३ सय ५ जनाको मृत्यु भइसकेको छ भने १४ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन्।

नेपाल सरकारले चीनमा रहेका नेपालीलाई फर्काउने तयारी पनि थालिसकेको जनाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय