कोरोना कहर : चीन बाहिर पनि संक्रमितको मृत्यु
चीनबाट फैलिइरहेको कोरोना भाइरसबाट फिलिपिन्समा पनि एकजनाको मृत्यु भएको छ।
कोरोना भाइरसका कारण चीन बाहिर संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो।
चीनको उहानबाट गत जनवरी २१मा हङकङ हुँदै फर्किएका थिए। ४४ वर्षीय ती पुरुष ३८ वर्षीया एकजना चिनियाँ महिलासँगै थिए।
ती दुबैजना फिलिपिन्सको अस्पतालमा चिकित्सकले उपचार गरिरहेका थिए।
यो सँगै कोरोना भाइरसको संक्रमणले ३ सय ५ जनाको मृत्यु भएको छ भने चीन सहित विश्वका कयौं देशमा १४ हजार ४ सय भन्दा बढी मानिस संक्रमित भइसकेका छन्।
नेपाल र छिमेकी भारतमा पनि एक एक जना संक्रमित भेटिएको पुष्टि भएको छ।