राष्ट्रिय ट्रमा सेन्टरको अर्थोपेडिक्स तथा ट्रमा सर्जरी विभागको प्रमुखमा डा. मरासिनी
राष्ट्रिय ट्रमा सेन्टरको अर्थोपेडिक्स तथा ट्रमा सर्जरी विभागको प्रमुखमा एघारौं तहका अर्थोपेडिक्स सर्जन डा. रुद्रप्रसाद मरासिनी नियुक्त भएका छन् ।
गत माघ ७ को उपकुलपतिस्तरीय निर्णयअनुसार डा. मरासिनीले विभागीय प्रमुखको जिम्मेवारी पाएका हुन् ।
वीर अस्पताल र ट्रमा सेन्टर दुबैको संयुक्त विभागको रुपमा रहेको अर्थोपेडिक्स तथा ट्रमा प्रतिष्ठान अन्तर्गतकै सबैभन्दा ठूलो विभाग मानिन्छ । विभागमा २८ जना अर्थोपेडिक्स सर्जन कार्यरत छन् । यसअघि उनी भरतपुर अस्पतालमा मेडिकल सुपरीटेडेन्टको रुपमा काम गरेका थिए । डा. मरासिनीले सेवा बिस्तार, अस्पताल सुधार, अनुशासन र शैक्षिक गुणस्तर कायम गर्न काम गर्ने बताए ।