चीनको कोरोना महामारीग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सरकारले स्वदेश ल्याउने

हेल्थपोस्ट नेपाल

सरकारले कोरोना प्रभावित चीनको उहान प्रान्तमा रहेका नेपालीलाई उद्दारगरी स्वदेश फर्काउने भएको छ । प्रभावित क्षेत्रमा रहेका नेपालीका हारगुहार र अन्यमुलुकले पनि आफ्ना नागरिक फिर्ता लगेपछि नेपाल सरकारलाई दबाब परेको हो ।

सरकारले स्वदेश फिर्ता गर्ने मिति यकीन नगरीकनै सूचना जारी गरेर आइतबार विहान ९ बजेसम्म फर्म भर्न आग्रह गरेको छ । फर्म भरेका आधारमा विमानको व्यवस्था गरेर छिट्टै स्वदेश फर्काउने सूचनामा उल्लेख छ । उक्त सूचना बेइजिङस्थित नेपाली राजदुतावासको वेइभसाइडमा राखिएको छ ।
कोरोना फैलिएको प्रान्तमा १९० जना नेपाली बसोबास गरिरहेको तथ्यांक छ ।

नेपाली दुतावासले सूचना जारी गरेर उद्धारको तयारी गरेको जनाएपनि नेपालीलाई कसरी सुरक्षित फर्काउने र कहाँ राख्ने भन्नेबारे केही तय भइसकेको छैन् । चिकित्सकहरुका अनुसार उनीहरुलाई फर्काउँदा सुरक्षित तरिका ल्याउँनुपर्छ र रोग नभएको यकीन भएपछि मात्रै घर फर्काउँने व्यवस्था गर्नुपर्छ । अहिलेको अवस्थामा कम्तिमा १० दिन निगरानी र अन्य व्यक्तिको सम्पर्कबाट टाढै राख्नुपर्छ ।

विश्वस्वास्थ्य संगठनका अनुसार चीनमा नयाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५९ पुगेको छ । देश भित्रका ३१ वटा प्रान्तमा भाइरसबाट संक्रमितको संख्या ११ हजार ७९१ पुगेको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ ।

नयाँ कोरोना भाइरसको उदगमस्थल मानिएको हुवे प्रान्तमा शनिबार ४५ जनाको मृत्यु भएको र १ हजार ३४७ जनामा संक्रमण देखिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *