बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. निर्मल लामिछाने

डा. निर्मल लामिछाने

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिको अध्यक्षमा डा. निर्मल लामिछाने नियुक्त भएका छन्।

मन्त्रिपरिषदको सोमबारको बैठकले लामिछानेलाई वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले डा. लामिछानेलाई तीन वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको जानकारी दिएका हुन्।

‘वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिको अध्यक्षमा सोरहवा–१, बर्दिया निवासी डा. लामिछानेलाई तीन वर्ष पदावधि रहने गरी मनोनयन गरिएको छ,’ मन्त्री बास्कोटाले भने।

यसअघि, डा. लामिछाने सोही अस्पतालको युरोलोजी युनिट प्रमुखको जिम्मेवारीमा रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय