कोरोना भाइरसका कारण विश्वव्यापी स्वास्थ्य संकटकाल

विश्वस्वास्थ्य संगठनले चीनबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वव्यापी स्वास्थ्य सङ्कटकालको अवस्था आएको घोषणा गरेको छ । २० देशमा १० हजारभन्दा बढीमा संक्रमण प्रमाणित भएर २ सय १३ भन्दा बढीको ज्यान गएपछि डब्लुएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

संगठनले चीनको एउटा सहरबाट सुरु भएको भाइरस चीनबाहिर पनि फैलिन थालेपछि यस्तो संकटकाल घोषणाको अवस्था आइपरेको जनाएको छ ।
उक्त संक्रमण हालसम्म विश्वका १८ मुलुकमा देखिइसकेको छ । जसमध्ये ९९ प्रतिशतभन्दा बढी चीनमा देखिएको छ । यो भाइरसका कारण चीनबाहिर भने कसैको ज्यान गएको छैन् ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकहरूमा यो भाइरस फैलिन सक्ने त्रास रहेको बताए । उनले संकटकाल घोषणाले निम्न तथा मध्यम आय भएका मुलुकहरूमा सङ्क्रमणको निरीक्षण र नियन्त्रणमा सघाउने विश्वास लिए । डब्लुएचओले सबै देशलाई सङ्क्रमण फैलिन रोक्न कडिकडाउ नियन्त्रणका उपाय अपनाउन आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय