कोरोना भाइरसको कहरः १ सय ६ जनाको मृत्यु, ४ हजार ५ सय संक्रमित

चीनको उहान सहरमा फैलिएको नेबेल कोरोना भाइरसबाट संक्रमित १०६ जनाको मृत्यु भएको छ।

दिनहुँ जसो नयाँ बिरामी र मृत्यु हुनेको संख्या बढिरहेको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या १ सय ६ जना पुगेको पुष्टि गरेको हो।

अहिलेसम्म चीनलगायत विभिन्न देशमा गरी ४ हजार ५ जनाभन्दा बढी मानिसमा यो भाइरसको संक्रमणको पुष्टि भइसकेको छ।

तीमध्ये नेपालमा एकजनालाई यो भाइरसको पुष्टि भएको छ।

अघिल्लो साता हुवेइ प्रान्तको उहान सहरबाट फर्किएका एक ५० वर्षीय चिनियाँको बेइजिङमा मृत्यु भएपछि यो भाइरसको पुष्टि भएको थियो।

चीनबाहेक अन्य देशमा भने यो भाइरसका कारण संक्रमितको मृत्यु पुष्टि भएको छैन।

चीनको उहान सहर पूरै सुनसान भएको छ। सरकारले त्यहाँबाट मानिसलाई बाहिर जान र सहर पस्नका लागि प्रतिवन्ध लगाएको छ।

उहान सहरमा सबै उडानहरु बन्द गरिएका छन्।

सडकमा गाडीहरु चलेका छैनन्।

मानिस पनि बाहिर निस्किएका छैनन्।

बेला बेलामा बज्ने एम्बुलेन्सका साइरनबाहेक सहर पूरै सुनसान छ।

उहान नजिकैको सामुद्रिक माछा बजार छ। त्यही बजारमा किनबेच गर्न राखिएका सामुद्रिक जीवबाट यो भाइरस मानिसमा सरेको हुनसक्ने आशंका गरिएको छ।

बेइजिङलगायत कयौं सहरमा सरकारले आगामी फेव्रुअरी १० सम्मका लागि मेडिकल क्षेत्रबाहेक अन्य सबैजसो कार्यालयहरु बन्द गर्न भनेको छ।

चीन सरकारले देशभरबाट करिब ६ हजार स्वास्थ्यकर्मीहरुलाई उहान सहरमा पठाएको छ।

त्यहाँ अहिले ४ हजार स्वास्थ्यकर्मी खटिइरहेका छन्। थप १ हजार ८ सय स्वास्थ्यकर्मी मंगलबार साँझसम्म पुगिसक्ने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ।

सहरभरि दश हजार हस्पिटल बेड संक्रमितका लागि सुरक्षित गरिएको छ। भाइरस संक्रमितको उपचारका लागि सरकारले १ हजार र १८ सय बेडका अस्पताल एकसातामै बनाइसक्ने घोषणा गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय