ऋतिक यसरी ‘फिट’ राख्छन् आफूलाई

हेल्थपोस्ट
प्रकाशित
२०७६ माघ १३ गते १०:१८

चर्चित बलिउड अभिनेता ऋतिक रोशनको उमेर ४६ वर्ष भइसकेको छ । उनी ४६ वर्षको उमेरमा पनि निकै फिट छन् ।केही समय पहिले ऋतिक एशियाका सबैभन्दा सेक्सी पुरुषको रुपमा चुनिएका थिए । ऋतिकको जति अभिनय दमदार हुन्छ, उनको नृत्य पनि त्यत्तिकै आकर्षक हुन्छ ।

ऋतिक स्वास्थ्यप्रति निकै सजग अभिनेता भित्र पर्छन् । उनी स्वास्थ्यलाई फिट राख्न निकै सजग छन् । ऋतिक कम चिल्लो भएको र सन्तुलित आहार मन पाउँछन् ।

भारतीय सञ्चारमाध्यममा उल्लेख भए अनुसार ऋतिक तरकारी निकै मन पराउँछन् । उनी हेल्थी डाइट लिन मन पराउँछन् । ऋतिक उमालेको र बाफमा पाकेको तरकारी मन पराउँछन् । ऋतिक वर्कआउट गरेको ४५ मिनेटसम्म केही पनि खाँदैनन् । उनी जे खानेकुरा खाए पनि दिनमा दुई घन्टाको फरक राख्छन् ।

ऋतिक फिल्ममा निभाउनु पर्ने भूमिका अनुसार बेला–बेला आफ्नो तौल घटाउने बढाउने पनि गरिरहेका हुन्छन् । ऋतिक जिम गर्न घन्टौ समय बिताउँछन् । उनको शरीर यतिसम्म फिटनेस छ की, उनी लगातार पाँच सय पटकसम्म क्रन्च गर्न सक्छन् । ऋतिकलाई ब्रोकाउली मन पर्छ । उनी यसलाई आफ्नो डाइटमा पनि सामेल गरिरहेका हुन्छन् ।

ऋतिक आफ्नो खानामा अन्डाको सेतो भाग, चिकेन र माछा लिन मन पराउँछन् । ति खानेकुरामा प्रोटिनको मात्रा ज्यादा हुन्छ । जसले मांसपेशीलाई बलियो बनाउन सहयोग पु¥याइरहेका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय