अन्य २ जनामा कोरोनाभाइरसको संक्रमणको आशंका, एकको अवस्था गम्भीर

चीनबाट स्वदेश फर्किएका थप दुई जनामा कोरोना भाइरस भएको आशंकामा सरुवा रोग अस्पतालमा उपचारका लागि राखिएको छ ।  अस्पतालका अनुसार संक्रमणको आशंकामा उपचाररत दुई जनामध्ये एक जना पुरुष र अर्को एक महिला रहेका छन् । ४८ वर्षीया महिला चीनमा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किएकी थिइन र शनिबार टेकु पुगेकी थिएन ।

त्यसैगरी २८ वर्षीय पुरुष विदेशबाट नेपाल फर्किदा चीन ट्रान्जिट हुँदै आएका थिए, १० माघमा अस्पताल पुगेका थिए । महिलामा श्वास र्फेन, गाहो हुने, खोकी तथा र्याल बहिरहेको छ, अस्पताल स्रोतले भन्यो,‘ उनको लक्षण हेर्दा कोरानाका भाइरस भएको आशंका गर्न सकिन्छ ।’ उनीहरुको नमुना परीक्षणको लागि हङकङ पठाउने तयारी भएको र रिर्पोट आएपछि मात्र पूर्ण रुपमा कोरोना संक्रमणबारे एकिन हुने स्रोतले जनाएको छ ।

यसभन्दा अगाडी ३३ वर्षका एक युवकलाई कोरोनाको आशंकामा परिक्षण गर्ने हङकन पठाइएको थियो र परीक्षणबाट पुष्टि भएको रिर्पोट आएको थियो । उनको अहिले अवस्था सामान्य रहेको र टेकु अस्पतालको नियमित सम्पर्कमा रहेको चिकित्सकहरुले बताएका छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५७ जनाको ज्यान गइसकेको छ ।कोरोना फ्रान्स अस्ट्रेलिया, कोरिया, अमेरिका, भारत, हङकङ लगायत १३ देशमा देखा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन । कोरोना भाइरसबाट चीनमा २ हजार भन्दा धेरै मानिस संक्रमित भएको जनाइएको छ ।
के हो कोरोनाभाइरस ?
नोवोल कोरोनाभाइरस नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले परिचाहा भएको थिएन । यस भाइरसले मानिस र पशुहरुमा संक्रमण गर्दछ । यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भिर प्रकारको तीव्र श्वाप्रश्वास सिभियर एक्युट रेस्पिरेटर िसिन्ड्र«ोम (सार्स) सम्म गराउन सक्दछ ।
नोवेल कोराना भाइरका मुख्य लक्षण के हुन् ?
ज्वरो आउने, श्वासप्रश्वासमा अत्याधिक समस्या, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने लक्षण देखिन सक्छ । नोवेल कोराना भाइरस प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई हप्ताभित्र रुघाखोकी लागेमा वा माथिका जस्ता लक्षण देखिएका तुरुन्त चिकित्सको सम्पर्कमा पुग्नुपर्दछ ।
भाइरसबाट बच्न :
– बिरामी तथा रुघाखोकी लागेका मानिसको सम्पर्कमा नआउने,
– मास्क लगाएर मात्र हिँड्ने,
– सकभर भिडभाडमा नजाने,
– साबुनपानीले बारम्बार हात धुने, साबुनपानी उपलब्ध नभएमा अल्कोहलयुक्त स्यानिटाइजरको प्रयोग गर्ने,
– जीवित वा मृत जनावर तथा खासगरी नपकाएको मासुको सम्पर्कबाट टाढा रहने,
– अण्डालगायत पशुजन्य पदार्थको राम्ररी पकाएर मात्र सेवन गर्ने,
– संक्रमित क्षेत्रको सकेसम्म भ्रमण नगर्ने,
– रुघाखोकी र ज्वरोको लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्यसंस्थामा जाने,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय