कोरोनाभाइरस संक्रमितको उपचार र नियन्त्रणका लागि प्रधानमन्त्रीको निर्देशन

कोरोना भाइरस संक्रिमितको उपचार र सजकताका लागि तयारीमा जुट्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिब खगराज बराललाई प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

आफ्नै निवास बालुवाटरमा बोलाएर प्रधानमन्त्रीले आवश्यक सजगकता अपनाउन र संक्रिमितहरुको उपचारका लागि सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिए।मन्त्री र सचिबले प्रधानमन्त्रीलाई नेपालमा कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणको तयारीबारे जानकारी गराएका थिए। चीनमा अनियन्त्रित भइसकेको कोरोना भाइरसले ५६ जनाको ज्यान लिइसकेको छ।

त्यो भाइरसका कारण चीनमा २ हजार भन्दा धेरै मानिस संक्रमित भइसकेका छन्। नेपालमा पनि चीनबाट फर्किएका एकजना युवालाई उक्त भाइरसको संक्रमणको पुष्टि भएको छ। चीनबाट फर्किएका थप दुईजनालाई संक्रमणको आशंकामा उपचार निगरानीमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय