सरकारी एम्बुलेन्समा गाँजा तस्करी

रौतहटको डुमरिया स्वास्थ्य चौकीको एम्बुलेन्समा गाँजा तस्करी भएको पाइएको छ। शनिबार साँझ हेटौंडा उपमहानगरपालिकाबाट उक्त सरकारी एम्बुलेन्समा प्रहरीले ३० किलो ६०० ग्राम गाँजा फेला पारेको हो।

इलाका प्रहरी कार्यालय नेवारपानीले बा२झ १७४९ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । एम्बुलेन्सका चालक डुमरिया नगरपालिका ९ का मोहम्मद खलिद, डुमरिया–४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी पक्राउ परेका छन्।

उनीहरूले मकवानपुरबाट एम्बुलेन्समा गाँजा ओसार्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

एम्बुलेन्समा तीन वटा झोलाभित्र ६ वटा पोका बनाएर राखेको गाँजा फेला परेको थियो। एम्बुलेन्सबाट ९१ हजार रूपैयाँ पनि बरामद भएको छ। एम्बुलेन्ससहित नियन्त्रणमा लिइएकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय