हुबाईबाट आएका अर्का नेपालीमा कोरोनाभाइरस संक्रमण आशंका, टेकु अस्पताल भर्ना

चीनबाट फर्किएका नेपाली विद्यार्थीमा कोरोनाभाइरस पुष्टि भएकै दिन अर्का एक नेपालीमा पनि संक्रमणको आशंका गरिएको छ । उनी पनि चीनको हुबाई प्रान्तबाट फर्किएका थिए, जसअन्तर्गत उहान सहर पनि पर्दछ ।

भाइरस संक्रमणको आशंकामा शुक्रबार उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल भर्ना गरिएको छ । यद्यपि, उनमा भाइरसको आमलक्षण भने नदेखिएको बताइएको छ । विमानस्थलमा स्वास्थ्यपरीक्षणका क्रममा हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले उनलाई अस्पताल पठाएका हुन् ।

शुक्रबार नै केही दिनअघि उहानबाट फर्किएका नेपाली विद्यार्थीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विमानस्थलमा परीक्षणका क्रममा लक्षण देखिएपछि उनी टेकु अस्पतालमा भर्ना गरिएका थिए । नमुना परीक्षणका लागि हङकङ पठाइएकोमा नतिजा पोजेटिभ आएको हो । उनी उपचारपश्चात् अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

भाइरस संक्रमण पुष्टि भएसँगै सरकारले त्रिभुवन विमानस्थलमा सतर्कता बढाएको छ । विमानस्थलको हेल्थ डेस्कमा ३ चिकित्सकसहित ८ जना स्वास्थ्यकर्मी परिचान गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वदेशमै भाइरस परीक्षणको तयारी गरिरहेको छ । विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा एक साताभित्रै परीक्षण सुरु गर्ने प्रयोगशालाको भनाइ छ ।

विशेषज्ञहरुले भाइरसबाट बच्न सावधानी अपनाउन सुझाब दिएका छन् ।

भाइरसबाट बच्न स्
– बिरामी तथा रुघाखोकी लागेका मानिसको सम्पर्कमा नआउने,
– मास्क लगाएर मात्र हिँड्ने,
– सकभर भिडभाडमा नजाने,
– साबुनपानीले बारम्बार हात धुने, साबुनपानी उपलब्ध नभएमा अल्कोहलयुक्त स्यानिटाइजरको प्रयोग गर्ने,
– जीवित वा मृत जनावर तथा खासगरी नपकाएको मासुको सम्पर्कबाट टाढा रहने,
– अण्डालगायत पशुजन्य पदार्थको राम्ररी पकाएर मात्र सेवन गर्ने,
– संक्रमित क्षेत्रको सकेसम्म भ्रमण नगर्ने,
– रुघाखोकी र ज्वरोको लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्यसंस्थामा जाने,
– सरकारले अद्यावधिक गर्ने सूचनासित निरन्तर जानकार रहने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय