१६ विशेषज्ञ चिकित्सकको १०औँ तहमा बढुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवौँ तहका १६ विशेषज्ञ चिकित्सकलाई १०औँ तहमा बढुवा गरेको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले बढुवाको निर्णय गरेको हो । स्वास्थ्य सेवा ऐनको प्रावधानअनुसार नवौँ तहमा २ वर्ष काम गरेका चिकित्सकको १०औँ तहमा स्वतः स्तरवृद्धि गरिएको हो ।

बढुवा हुनेमा भरतपुर अस्पतालका कन्सल्टेन्ट सर्जन डा. वैकुण्ठ अधिकारी, भक्तपुर अस्पतालका कन्सल्टेन्ट जनरल फिजिसियन डा. राजु बस्नेत, जनकपुर अञ्चल अस्पतालका क. ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. रामदेव चौधरी, वीर अस्पतालका क. ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. जैनेन्द्रकुमार चौधरी, वीरका क. अर्थोपेडिक डा. भद्र हमाल छन् । त्यसैगरी, कोसी अञ्चल अस्पतालका कन्सल्टेन्ट सर्जन डा. रविनराज सिंह, कान्ति बाल अस्पतालका क. एनेस्थेसियोलोजिस्ट डा. कृष्णप्रसाद भट्टराई, राष्ट्रिय ट्रमा सेन्टरका क. न्युरो सर्जन डा. विलमकुमार खड्का, वीरका क. इन्डोडेन्टिस्ट डा. रीमा जोशी, महाकाली अञ्चल अस्पतालका क. अर्थोपेडिक सर्जन डा. रोजन ताम्राकार, गौर अस्पतालका क. पेडियाट्रिसियन डा. नजला खातुन पनि १०औँ तहमा बढुवा भएका छन् ।

त्यस्तै, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका क. रेडियोलोजिस्ट डा. सुबज भट्टराई, स्वास्थ्य सेवा विभागका क. साइक्याट्रिक डा. वासुदेव कार्की, राष्ट्रिय ट्रमा सेन्टरका क. अर्थोसर्जन डा. सन्तोष पौडेल, वीरका क. जनरल फिजिसियन डा. अनन्तभक्त उप्रेती र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका क. इएनटी सर्जन डा. स्वस्ति शर्माको बढुवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय