प्रहरी अस्पतालको प्रमुखमा एआइजी सिंह
डा.आशा सिंह नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएकी छिन् । प्राविधिकतर्फको एआइजीमा वढुवा भएसंगै सिंह नेपाल प्रहरी अस्पतालको प्रमुख समेत बनेकी छन् । यसअघि बढुवा समितिले गरेको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले बरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
गत १४ पुसमा बसेको गृहमन्त्रालयको बढुवा समितिले रिक्त एआईजी पदमा डा सिंहलाई बढुवा गर्न सिफारिस गरेको थियो । तर, डा. मीनराज पाठकले आफूभन्दा जुनियर डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरिएको भन्दै उजुरी दिएका थिए ।
लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वको सुनुवाई समितिले बढुवा समितिको सिफारिसलाई नै सदर गरेपछि सिंहको बाटो खुल्ला भएको हो। यसअघि डा. मीनराज पाठकले निमित्त प्रमुखको रुपमा प्रहरी अस्पतामा काम गरिरहेका थिए।