बालबालिकाले अन्जानमा सेवन गर्छन् यस्ता विषालु पदार्थ

जुन वस्तुको सेवन गर्नाले मानव शरीरमा प्रतिकुल असर पार्ने, शरीरलाई फाइदा नगर्ने तथा मृत्युको कारण बन्न सक्ने अवस्था आउँछ, त्यसलाई विष भनिन्छ । विषपान प्राय ३ प्रकारको हुन्छ :
१. थाहा नपाइकन खानु
२. आत्महत्या गर्ने अभिप्रायले खानु
३. बदनीयतपुर्वत कसैलाई मार्ने उदेश्यले खुवाउनु

१. थाहा नपाइकन खानु : कसैले विष भन्ने कुरा नचिनिकन वा थाहा नपाइन, अनजानमा झक्किएर खाने गर्दछन् । केटाकेटीले मट्टितेल, पेट्रल, बाबुआमाको औषधि आदि खाँदा मृत्युको मुखमा समेत पुग्दछन् ।
२. आत्महत्या गर्ने अभिप्रायले खानु : कसैले विष हो भनी जानीकन मर्ने अभिप्रायले कसैले तर्साउने हिसाबले ( प्रेमी–प्रेमिकाले, लोग्ने–स्वानीको पारिवारिक कलह भएर ) वा नैराश्य भएको व्यक्ति, धेरै दुख कृष्ट परेको व्यक्ति तथा आत्बल कम भएको व्यक्ति संसारदेखि नै निराश भएर विष सेवन गर्ने गर्दछन् । विकशित देशमा आत्महत्या गर्न विषपानको प्रयोग गरिन्छ । प्राय : तरिकाहरुमा झुण्डिएर, पानीमा डुब्ने, मट्टितेल खन्याएर आगो लगाउने, सजिलो मर्ने तरिकाको रुपमा प्राय ः युवायुवतीले प्रयोग गर्दछन् ।
३. बदनियतपूर्वक कसैलाई मार्ने उदेश्य खुवाउनु : मानसिक विकृति भएका व्यक्तिले, अतित्रोध तथा इश्र्याले तथा युद्धमा बायोलोजिकल ग्यासहरु पयोग गरी, खाने कुरामा तथा पानी वा पेयपदार्थमा जानीजानी अरुलाई मार्ने उदेश्यले अर्कालाई खुवाउनु होमीसाइडल विषाक्तता भन्दछन् । शरीरमा विष प्रवेश गरेपछि शरीरको कुनै अगं, प्राली वा पुरै शरीरलाई गर्ने प्रतिकुल असरलाई विषाक्तता भन्दछन् । शरीरमा विष ३ मार्गबाट प्रवेश गर्न सक्छ :  १. मुखबाट खाएर, पिएर, निलेर २. छाला वा एन्जेक्सनद्दारा । सबैभन्दा बढी मुख मार्गबाट प्रयोग हुन्छ । बच्चालाई मट्टितेल खानु, मुसा मार्ने औषधि आत्महत्याको लागि खानु, अधिक मात्रामा रक्सी सेवन गर्नु, विषालु च्याउ खानु, विषाक्त खानाहरु खानु, बढी मात्रामा लागू तथा निन्द्रा लाग्ने औषधि खानु आदि । यदि कडा एसिड र अल्काली खाएरमा प्रवेशद्दारमा घाउ, जलनसमेत देखिन्छ ।
गाडीको ग्यास, धुँवा, मट्टितेलको ग्यास चुहेर वा अन्य कारणबाट सृजना भएको विषक्त धुँवा वा ग्यासले विषको काम गर्दछ । कुनै इन्जेक्सनको माध्यमबाट जानी वा नजानी विष प्रयोग हुनसक्छ ।
विषहरुको वर्गीकरण
जलन गर्ने :  विषहरु जसको प्रत्यक्ष रासायपिक प्रयोगबाट तन्तु र कोशिकाहरु नष्ट हुन्छन्, जस्तो खनिज एसिडहरु, कार्बोनेटहरु ।
२. भतभती पोल्ने : जसको प्रयोगबाट पोल्ने, सनिने हुन्छ । जुन यसप्रकार छन् । एनअर्गानिक, नुन मेटालिक अधातु जस्तो फोस्फरस र हालोजन समूहको आयोडिन, ब्रोमिन र क्लाोरिन, मेटालिक धातुहरु । त्यसैगरी, जस्ता, ताँबा, पारो,सुन, चाँदी अर्गानिक वनस्पति, जनावरका स्रावहरु जस्तो सर्प विष, बिच्छी, मौरीको विष, अगानिर्नक एसिड, अक्लाजिक एसिड, एसेटिक एसिड ।
३. यान्त्रिक विषहरु : सिसाको धुलो, हिराको धुलो, रौंका टुक्राहरु ।
४. न्युरोटिक : यी विषहरुले स्नायु प्राणालीमा असर गर्दछन् । नाकोटिक, एनेस्थेटिक, इनएब्रेएन्ट र डेलिभिएन्ट ।
विष सेवन गरेपछि देखिने लक्षण
१. पहिले स्वस्थ व्यक्तिको अचानक लक्षण देखिनु ।
२. विषको बर्गाीकरण अनुसार बिस्तारबिस्तारै लक्षण बढ्दै जानु ।
३. कुनै पेयपदार्थ, खाना वा सामान्य केहि खापछि लक्षण देखापर्नु ।
४. कुनैकुनै अवस्थामा त मृत्युको अवस्थासम्म पुग्नु ।
विषेश लक्षणहरु
विषको प्रकारअनुसार लक्षणहरु देखापर्दछन् । जस्तो कोरोसिभ विष,इरिटेन्ट विष, मस्तिष्क वाला विष, हद्यवाला विष, सुषुम्ना नलीमा प्रयोग हुने विषदि पदार्थअनुसार विशेष लक्षण देखिन्छ ।
उपचार
१. विष तुरुन्त हटाउनु र पेटमा भएको विष निकाल्नु ।
२. रगतमा शोषित भइसकेको विष रहेछ भने तुरुन्त विष मार्ने औषधि प्रयोग गर्नुपर्दछ ।
३. शरीरमा सोसिएको विष औषधिको प्रयोगबाट पिसाब र दिसाबाट निकाल्ने, शरीरको जीवन धान्ने प्रणालीहरु, जस्तै श्वासप्रश्वास, रक्त सञ्चार,रक्तचाप, चलाउने प्रयत्न गर्ने ।
४. आमाशय सफा गर्ने : सबभन्दा पहिले पेटमा पसिसकेको विष हटाउन उल्टी गराउनुपपर्दछ । औंला हालेर, चम्चा वा कुनै चिजबाट घाँटीमा कुत्कुती लगाएर वान्ता गराउनुपर्दछ । कडा नुन पानी राखेर पनि वान्ता गराउनुपर्दछ । अस्पतालमा गाष्ट्रिक नली राखेर गाष्ट्रिक लेभेज गराउनुपर्दछ । सुरुमा पहिलो पटक पपानीले सफा गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय