चिकित्सक संघ निर्वाचन : उपत्यकाबाहिरको मतदान सम्पन्न, १६ शाखामा कुल २८५० मत खस्यो, ८०% मतदान

नेपाल चिकित्सक संघ (एनएमए) को २८औँ कार्यकारिणी समितिका लागि शनिबारबाट सुरु भएको उपत्यकाबाहिरको मतदान आइतबार सम्पन्न भएको छ । मोफसलका १६ शाखामा २ दिनसम्म भएको मतदानमा कुल २ हजार ८ सय ५० चिकित्सकले मतदान गरेका छन् । आइतबार १ हजार ३ सय ७७ मत खसेको एनएमएले जनाएको छ । उपत्यकाबाहिरको मतदान शान्तिपूर्ण र उत्साहपूर्वक भएको संघले जनाएको छ ।

उपत्यकाबाहिरका १६ शाखाका १८ मतदान केन्द्रमा कुल मतदाता ३ हजार ५ सय ६५ थिए । तीमध्ये २० प्रतिशत मतदाता मतदानका लागि उपस्थित भएनन् । कतिपय मतदाता विदेशमा भएकाले पनि मतदानमा सहभागी हुन नसकेको बताइएको छ । मोफसलमा ८० प्रतिशत मतदान हुनुले चिकित्सकमा संघको निर्वाचनप्रति उत्साह देखिएको एनएमएले जनाएको छ ।

मतदान सम्पन्न भएसँगै देशभरका शाखामा बाँडिएर खटिएका उम्मेदवारहरू राजधानी फर्किने तरखरमा छन् । दुवै प्यानलका उम्मेदवारहरू शाखाहरूमा बाँडिएर मतदान केन्द्रहरूमा खटिएका थिए ।

सगरमाथा र सुर्खेतमा शतप्रतिशत मतदान, कोसी र जनकपुरमा ६२% मात्र
उपत्यकाबाहिरका १६ शाखामध्ये चितवनमा सबैभन्दा बढी मत खसेको छ । २ दिन गरी चितवनमा कुल ३ सय ९७ मत खसेको छ । त्यसैगरी, जुम्लामा सबैभन्दा कम १९ मत खसेको एनएमएले जनाएको छ ।

सगरमाथा र सुर्खेत शाखामा शतप्रतिशत मतदान भएको छ । सगरमाथाका सबै ४६ मतदाताले मतदान गरेका छन् भने सुर्खेतमा पनि सबै २७ मतदाताले मत खसालेका छन् ।

सबैभन्दा बढी मतदाता रहेको कोसी शाखामा जम्मा ६२ प्रतिशत मतदान भएको छ । कोसीमा कुल मतदाता ६२६ रहेकोमा जम्मा ३८८ ले मात्र मतदान गरेका छन् । त्यस्तै, जनकपुरमा पनि करिब ६२ प्रतिशत नै मत खसेको छ । जनकपुरमा कुल ३८० मतदाता रहेकोमा २३५ ले मात्र मत खसालेका हुन् । आइतबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजे सकिएको थियो ।

काठमाडौं उपत्यकामा भने माघ १७ देखि २१ सम्म मतदान हुनेछ । २१ माघमा मतदान सकिएपछि मात्र मतगणना सुरु हुने भएकाले मतपरिणामका लागि भने अझै २ साता कुर्नुपर्नेछ ।

कहाँ कति खस्यो मत ?
संघका अनुसार सुर्खेतमा २७, चितवनमा ३९७, लुम्बिनीमा ३१६, दाङमा ६०, पाल्पामा ७१, सगरमाथामा ४६, लाहानमा ४३, मेचीमा १२७, कोसीमा ३८८, धरानमा ३४५, पोखरामा २५२, भेरीमा १७६, जुम्लामा १९, सेतीमा ९२, जनकपुरमा २३५ र नारायणीमा २६० मत खसेको छ ।

खसेको मत र कुल मतदाताको शाखागत विवरण :
१) मेची शाखा
मतदान केन्द्र : अञ्जली हस्पिटल प्रालि बिर्तामोड र लाइफलाइन अस्पताल
कुल मतदाता : १३०
खसेको मत : १२७

२) कोसी शाखा
मतदान केन्द्र : कोसी शाखा कार्यालय, विराटनगर
कुल मतदाता : ६२६
खसेको मत : ३८८

३) धरान शाखा
मतदान केन्द्र : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
कुल मतदाता : ३७३
खसेको मत : ३४५

) सगरमाथा शाखा
मतदान केन्द्र : गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराज
कुल मतदाता : ४६
खसेको मत : ४६

५) लहान शाखा
मतदान केन्द्र : सप्तर्षि अस्पताल, लहान
कुल मतदाता  : ४५
खसेको मत : ४३

६) जनकपुर शाखा
मतदान केन्द्र : जनकपुर प्रादेशिक अस्पताल, धनुषा
कुल मतदाता : ३८०
खसेको मत : २३५

७) नारायणी शाखा
मतदान केन्द्र : नेपाल चिकित्सक संघ, वीरगन्जको सभाहल
कुल मतदाता : ३६५
खसेको मत : २६०

८) चितवन शाखा
मतदान केन्द्र : भरतपुर अस्पतालको तालिम हल
कुल मतदाता : ४५०
खसेको मत : ३९७

९) गण्डकी शाखा
मतदान केन्द्र : पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
कुल मतदाता : २६०
खसेको मत : २५२

१०) लुम्बिनी शाखा
मतदान केन्द्र : नेपाल चिकित्सक संघ, लुम्बिनी अञ्चल शाखा भवन, बुटबल
कुल मतदाता : ३५०
खसेको मत : ३१६

११) भेरी शाखा
मतदान केन्द्र :नेपाल चिकिन्सक संघ, भेरी शाखा क्षेत्र
कुल मतदाता : १९६
खसेको मत : १७३

१२) सेती शाखा
मतदान केन्द्र : सेती प्रादेशिक अस्पताल, धनगढी
कुल मतदाता : १०२
खसेको मत : ९२

१३) सुर्खेत शाखा
मतदान केन्द्र : सुर्खेत प्रादेशिक अस्पताल, सुर्खेत
कुल मतदाता : २७
खसेको मत : २७

१४) दाङ शाखा
मतदान केन्द्र : राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुर
कुल मतदाता : ९०
खसेको मत : ६०

१५) जुम्ला शाखा
मतदान केन्द्र : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाकक्ष, जुम्ला
कुल मतदाता : २५
खसेको मत : १९

१६) पाल्पा शाखा
मतदान केन्द्र : लुम्बिनी मेडिकल कलेज, पाल्पा
कुल मतदाता : १००
खसेको मत : ७१

७ पदाधिकारीसहित १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा छन् । अध्यक्षका लागि लोकतान्त्रिक प्यानलबाट डा. लोचन कार्की र प्रगतिशील समूहबाट डा.पुष्पमणि खराल मैदानमा छन् । दुवै १३ वटै पदका लागि प्यानल बनाएर आमने–सामने भएका हुन् । महासचिवमा भने दुई प्यानलभन्दा बाहिरबाट पनि डा. दीपेन्द्र पाण्डे र डा. अजयकुमार मिश्रले उम्मेदवारी दिएका । त्यस्तै, सदस्यतर्फ दुई उम्मेदवार प्यानलभन्दा स्वतन्त्र रही मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय