चिकित्सक संघ निर्वाचन : पहिलो दिनमा खस्यो १४७६ मत, सबैभन्दा बढी चितवनमा १८५, जुम्लामा १९ मत

२८औ कार्यकारिणी समितिका लागि शनिबारबाट सुरु भएको नेपाल चिकित्सक संघको मतदानको पहिलो दिन देशभरका १६ शाखामा १४७६ मत खसेको छ ।
शनिबार विहान ८ बजेदेखि सुरु भएको निर्वाचन कार्यक्रम साँझ ४ बजेसम्म सबैभन्दा बढी चितवनमा १८५ र सबैभन्दा कम जुम्लामा १९ मत खसेको थियो । जुम्लामा मतपत्र ढिला पुगेका कारण मतदान नै ढिला भएको थियो ।

काठमाडौंबाहिर आइतबार पनि मतदान जारी रहनेछ । काठमाडौंभित्र भने माघ १७ देखि २१सम्म मतदान हुनेछ । संघका अनुसार सुर्खेतमा २२, चितवन १८५, लुम्बिनीमा १८३, दाङमा ३८, पाल्पामा ४४, सगरमाथामा ३३, लाहानमा ३०, मेचीमा १, कोसीमा १७३, धरानमा १६१, पोखरामा १११, भेरीमा ७६, जुम्लामा १९, सेतीमा ५८, जनकपुरमा ११० र नारायणीमा १५२ मत खसेको छ । उपत्यकाबाहिरको मतदान शान्तिपूर्ण र उत्शाहपूर्वक भएको संघले जनाएको छ ।

७ पदाधिकारीसहित १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा छन् । अध्यक्षका लागि लोकतान्त्रिक प्यानलबाट डा. लोचन कार्कीको नेतृत्वमा १३ उमेदवार मैदानमा छन् भने, प्रगतीशील प्यानलबाट डा. पुष्पमणी खरालको नेतृत्वमा १० उमेदवार मैदानमा उत्रिएका छन् । उपत्यकाबाहिरका लागि तोकिएको मितिमा अधिकांश उमेदवार उपत्यकाबाहिर परिचालन भएका छन् ।

जसअनुसार डा. कार्की र डा. खराल दुबै विराटनगर पुगेका छन् । अध्यक्षका उमेदवार कार्कीको गृह जिल्ला रहेको विराटनगरमा उपत्यकाबाहिर सबैभन्दा बढी ७०० हाराहारी मतदाता छन् । खरालसँगै महासचिवमा प्रगतीशील समूहका बागी उमेदवार डा. दिपेन्द्र पाण्डेसमेत विराटनगर छन् ।
महासचिवका उमेदवार डा. बद्री रिजाल नेपालगञ्ज छन्, भने, डा. अनिल कार्की चितवनमा खटिएका छन् ।

कहाँ कति मत खस्यो?

१. मेची    ८१
२. कोशी    १७३
३. लाहान    ३०
४. धरान      १६१
५. सगरमाथा   ३३
६. जनकपुर    ११०
७. नारायणी    १५२
८. चितवन       १८५
९. गण्डकी       १११
१०. लुम्बिनी     १८३
११. भेरी          ७६
१२. सेती        ५८
१३. सुर्खेत      २२
१४. दाङ       ३८
१५. जुम्ला     १९
१६. पाल्पा    ४४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय