उपत्यकाबाहिर आजबाट मतदान सुरु, १८ मतदान केन्द्र, यी केन्द्रमा आइतबार मतदान

नेपाल चिकित्सक संघ (एनएमए¬) को २८औँ कार्यकारिणी समितिका लागि शनिबार (आज) देखि मतदान प्रक्रिया सुरु भएको छ । संघका उपत्यकाबाहिरका १६ शाखामा शनिबार र आइतबार निर्वाचन हुँदै छ । काठमाडौं उपत्यकामा भने माघ १७ देखि २१ गतेसम्म मतदान हुनेछ ।

आज सुरु भएको उपत्यकाबाहिरको निर्वाचनका लागि संघले ४ हजार ३ सयको हाराहारीमा मतपत्र पठाएको जानकारी दिएको छ । मतदानको समय बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ ।

१३ पदका लागि ३० चिकित्सक चुनावी मैदानमा छन् । अघिल्लो निर्वाचनमा ५ हजार ३ सयको हाराहारीमा मतदाता रहेकोमा यसपटक मतदानका लागि योग्य सदस्यको संख्या ९ हजार ८ सय ८३ छ । यद्यपि, संघको कुल सदस्यसंख्या भने १० हजार ८ सय ९० छ ।

लोकतान्त्रिक तथा पेसागत समूहबाट वर्तमान महासचिव डा. लोचन कार्की अध्यक्षका लागि मैदानमा छन् । डा. कार्की नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्ष डा. शिवप्रसाद श्रेष्ठ, उपाध्यक्षमा डा. अनिलविक्रम कार्की, महासचिवमा डा. बद्री रिजाल, कोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी, सहसचिवमा डा. निरोजकुमार सिंह र सह–कोषाध्यक्षमा डा. विश्वराज दवाडी मैदानमा छन् । सोही समूहबाट डा. विक्रान्त दाहाल, डा. विपेश आचार्य, डा. नन्दाकुमारी गुरुङ, डा. प्रमोद जोशी, डा. रितेश थापा, डा. सञ्जीव तिवारीले सदस्यमा उम्मेदवारी दिएका छन् ।

सत्तारूढ दल नेकपानिकट मानिएको पेसागत समावेशी समूहबाट डा. पुष्पमणि खराल अध्यक्षका प्रत्याशी छन् । उनी नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा डा. रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा. रञ्जितकुमार झा, महासचिवमा डा. मधुर बस्नेत, कोषाध्यक्षमा डा. सञ्चितकुमार साह, सह–सचिवमा डा. शैलेन्द्र झा, सह–कोषाध्यक्षमा डा. उदयनारायण सिंह मैदानमा छन् । त्यसैगरी, डा. दीपकप्रसाद कोइराला, डा. जगदीशचन्द्र विष्ट, डा. लिसन महर्जन, डा. राकेशकुमार शाह, डा. सुमन काफ्ले, डा. त्रिभुवनचन्द्र झाले सो समूहबाट सदस्यमा उम्मेवारी दिएका छन् । यही समूहनिकट केही चिकित्सकले टिकट वितरणमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेवारी दिएका छन् । डा. दीपेन्द्र पाण्डे र अजयकुमार मिश्रले प्यानलबाहेकबाट महासचिवमा उम्मेदवारी दिएका हुन् ।

कुन–कुन स्थानमा हुँदै छ मतदान ? कुन मतदान केन्द्रमा कहिले ?
१) मेची शाखा
मतदान केन्द्र :अञ्जली हस्पिटल प्रालि बिर्तामोड
मतदान – शनिबार (आज)
मतदान केन्द्र ः लाइफलाइन अस्पताल
मतदान – आइतबार (भोलि)

२) कोसी शाखा
मतदान केन्द्र :कोसी शाखा कार्यालय, विराटनगर
मतदान – शनिबार

३) धरान शाखा
मतदान केन्द्र : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
मतदान –

४) सगरमाथा शाखा
मतदान केन्द्र : गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराज
मतदान –

५) लाहन शाखा
मतदान केन्द्र : सप्तरिषी अस्पताल, लहान
मतदान –

६) जनकपुर शाखा
मतदान केन्द्र : जनकपुर प्रादेशिक अस्पताल, धनुषा
मतदान –

७) नारायणी शाखा
मतदान केन्द्र : नेपाल चिकित्सक संघ, वीरगन्जको सभाहल
मतदान –

८) चितवन शाखा
मतदान केन्द्र : भरतपुर अस्पतालको तालिम हल
मतदान –

९) गण्डकी शाखा
मतदान केन्द्र :पश्चिमाञ्चल क्षेत्रीय अस्पताल,
मतदान –
मतदान केन्द्र : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मतदान –

१०) लुम्बिनी शाखा
मतदान केन्द्र  : नेपाल चिकित्सक संघ, लुम्बिनी अञ्चल शाखा भवन, बुटबल
मतदान –

११) भेरी शाखा
मतदान केन्द्र : नेपाल चिकिन्सक संघ, भेरी शाखा क्षेत्र
मतदान –

१२) सेती शाखा
मतदान केन्द्र : सेती प्रादेशिक अस्पताल, धनगढी
मतदान –

१३) सुर्खेत शाखा
मतदान केन्द्र : सुर्खेत प्रादेशिक अस्पताल, सुर्खेत
मतदान –

१४) दाङ शाखा
मतदान केन्द्र :राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुर
मतदान –

१५) जुम्ला शाखा
मतदान केन्द्र : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाकक्ष, जुम्ला
मतदान –

१६) पाल्पा शाखा
मतदान केन्द्र : लुम्बिनी मेडिकल कलेज, पाल्पा
मतदान –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय