बेसार र दूध सेवन गर्दा फाइदैफाइदा

हेल्थपोस्ट
प्रकाशित
२०७६ माघ ३ गते ११:०२

बेसार र दूध स्वास्थ्यका लागि निकै लाभदायक छ । चिसोमा त झनै यसको निकै महत्व छ । जाडो मौसममा चिसोबाट बच्न बेसार र दूध सेवन गर्न चिकित्सकहरूले सल्लाह दिनेगर्छन् ।

चोटपटक लाग्दा पनि बेसार र दूध सेवन गर्नु राम्रो मानिन्छ । यदी थकान महशुस भयो र शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भयो भने पनि बेसार मिलाएर दूध पिउनु निकै लाभदायक मानिन्छ ।

यदी हड्डि दुख्ने समस्या छ भने पनि बेसारमा दु्ध मिलाएर पिउँदा निकै फाइदा हुन्छ । एक गिलास तातो दूधमा थोरै बेसार मिलायर सधै राति सुत्ने समयमा पिउँदा हड्डिमा हुँने पीडा कम हुन्छ । साथै यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

दूधका साथै बेसारमा पनि थुप्रै पोषण तत्व हुन्छ । दूधमा क्याल्सिएम, आइरन, प्रोटीन र भिटामिन हुन्छ । त्यसैले दूधलाई सम्पूर्ण आहार पनि भनिन्छ ।

दूधमा बेसार मिलाएर पिउँदा शरीरमा रहेका विषाक्त तत्वलाई बाहिर निकाल्ने काम गर्नुका साथै पाचन प्रणाली पनि बलियो बनाउँछ । यदि पेटको समस्या छ भने बेसार दूधले समाधान दिन सक्छ ।

सुन्दरताका लागि पनि बेसार र दूध निकै फाइदाजनक छ । यसले अनुहारमा निखारता ल्याइ सुन्दर देखाउँछ । बेसारमा एन्टीसेप्टिक र एन्टीब्याक्टेरियल गुण हुन्छ । यस्तै बेसार मिलाएर दुघ पिउँदा हाम्रो हड्डि मजबुत हुन्छ ।

यो चिसोबाट बच्ने पनि एक अनुक उपाए हो । यसले चिसोको संक्रमण हुन दिँदैन । बेसार दूध पिउँदा अर्थराइटिसको बिरामी हुँदैन । यदी निन्द्रा लाग्दैन र तनाव हुन्छ भने पनि बेसार दूध पिउनु उपयुक्त हुन्छ ।

बेसार एन्टी माइक्रोबियल हुन्छ । यसलाई ग्रम दूधसँग पिउँदा दम, ब्रोन्काइटिस, छातिको कफ र साइनस जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । यो ब्याक्टेरियर र भाइरल संक्रमणबाट बच्न सहयोग गर्छ । गरम दूधसँग बेसार सेवन गर्दा शरीरमा रहेको फ्याटको मात्रा घट्छ । यसमा रहेको क्याल्सिएम र मिनरल्सले कुनै असर बिना बेट घटाउन मद्दत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय