बी एन्ड सीका कार्यकारी निर्देशक प्रसाईंलाई लिखित जवाफसहित उपस्थित हुन अदालतको आदेश

दुर्गा प्रसाई

काठमाडौं जिल्ला अदालतले झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई २१ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ।

अदालतले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले दायर गरेको मानहानिको मुद्दामा यस्तो आदेश दिएको हो। अदालतका श्रेस्तेदार एवम् प्रवक्ता आनन्दप्रसाद श्रेष्ठले लिखित जवाफसहित हाजिर हुन आदेश दिएका हुन्।

उपाध्यक्ष गिरीमाथि मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप प्रसाईंले लगाएका छन्। गिरीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पनि निवेदन दर्ता गराएका छन्।

प्रसाईंले मंगलबार पत्रकारसम्मेलन गरी गिरीविरुद्ध अख्तियारमा उजुरी दिएको उल्लेख गरेका थिए। मंसिर १५ गते द्वारिका होटेलमा बोलाई  गिरीले आफूसँग २० करोड रुपैयाँ घुस मागेको आरोप प्रसाईंको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय