बहुउपयोगी चुकन्दर : हर्टअट्याकदेखि यी रोगमा अचुक फाइदा

हेल्थपोस्ट
प्रकाशित
२०७६ माघ २ गते १२:२५

चुकन्दरलाई हामी सलादका साथै जुसको रुपमा खान सक्छौं । चुकन्दर स्वास्थ्यका लागि निकै लाभकारी हुन्छ । सुकन्दरले थुप्रै रोगमा औषधीको कामसमेत गर्छ । यदी तपाईलाई खानामा सलाद मन पर्छ भने चुकन्दरलाई पनि सामिल गर्नुस् । किनकी चुकन्दरमा भरपूर मात्रामा पोषक तत्व हुन्छ ।

चुकन्दरमा आइरन, सोडियम, पोटासियम, फस्फोरस र अन्य पोषक तत्व पनि हुने गर्छ । त्यसैले चुकन्दर मानव स्वास्थ्यका लागि निकै फाइदाजनक छ । मधुमेहका समस्या भएकाहरुका लागि पनि चुकन्दर निकै लाभदायक हुन्छ ।

चुकन्दर खाँदा सुगरको मात्रामा पनि नियन्त्रण हुन्छ । चिकित्सकहरूले पनि एनिमियाका रोगीलाई चुकन्दर खान सल्लाह दिन्छन् । किनकी यसमा प्रसस्त मात्रामाम आइरन, भिटामिन र मिनरल्स हुन्छ । यसले रगत बढाउनुका साथै रगत सफा गर्ने काम पनि गर्छ । महिलामा रगतको मात्रा कमी हुने गर्छ । यो महिलाहरूका लागि थप लाभदायक हुन्छ ।

चुकन्दरले राम्रो कोलेस्ट्रोललाई बढाउन र खराब कोलेस्ट्रोललाई घटाउने काम गर्छ । चुकन्दरमा फाइबर, फ्लेवोनायड्स र बेटासायनिन पाइन्छ । जुन स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । मुटुको स्वस्थताका लागि पनि चुकन्दर निकै राम्रो मानिन्छ । यसले हर्टअट्याकको जोखिम कम गर्छ मद्दत गर्छ ।

यदी कब्जीयतको समस्या वा पेटको समस्या छ भने चुकन्दर खाँदा साह्रै फाइदा मिल्छ । चुकन्दरमा फाइबर हुन्छ । चुकन्दर चाँडो पच्ने खाने कुरामा पर्छ । त्यसैले यसले पाचनप्रणालीलाई निकै मजबुत बनाउँछ । त्यसैले चुकन्दर बिना संकोच सधै खाँदा पनि फाइदैफाइदा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय