मिर्गौलाको पत्थरीबाट राहत पाउन यी ५ घरेलु उपाय

मिर्गौला मानव शरीरको अहम् अंग हो । मानिस स्वस्थ रहनका लागि मिर्गौला स्वस्थ हुनु अनिवार्य छ । मिर्गौलाको काम शरीरमा पानी र अन्य तरल पदार्थ तथा केमिकललाई फिल्टर गर्दै सन्तुलन कायम गर्नु हो ।

हामीले दिनहुँ खाने आहारबाट नै हाम्रो शरीरमा शक्ति प्राप्त हुन्छ । मिर्गौलाले नै खानाबाट प्राप्त हुने पौष्टिक तत्त्वलाई फिल्टर गर्दै रगतसम्म पुर्याउने काम गर्छ । यदि हामीले खाने कुरामा ध्यान दिएनौँ भने त्यसले हाम्रो मिर्गौलालाई हानि पुर्याउँछ । त्यसैले हामीले खानपानमा विशेष ध्यान दिनु आवश्यक छ ।

हाम्रो खानपान गलत भयो भने मिर्गौलामा स्टोन हुने सम्भावना पनि उत्तिकै हुन्छ । यदि मिर्गौलामा स्टोन जम्यो र निकै दुखाइ भयो भने तुरुन्त राहतका लागि केही घरेलु उपायसमेत अपनाउन सकिन्छ । मिर्गौलाको स्टोनबाट बच्न अपनाउन सकिने केही घरेलु उपाय यस्ता छन् :

पर्याप्त पानी
मानव शरीरमा ७० प्रतिशत पानीको मात्रा हुन्छ । पानीको कमी भएमा शरीरमा धेरै नकारात्मक असर निम्तिन्छन् । स्वस्थ शरीरका लागि दैनिक ७–८ गिलास पानी पिउनु उपयुक्त मानिन्छ ।
पर्याप्त पानी पिउँदा पिसाबको माध्यमबाट शरीरका विकारयुक्त वस्तु बाहिरिने हुन्छन् । यदि मिर्गौलामा स्टोनको समस्या छ भने साबिको भन्दा बढी पानी पिउनु आवश्यक हुन्छ । पानीको मात्रा बढाउनाले पिसाबको माध्यमबाट स्टोन बाहिर निकाल्न मद्दत पुग्छ ।

जैतुन र कागतीको रस
मिर्गौलामा पत्थरी छ र शल्यक्रियाविनै बाहिर निकाल्ने सोचमा हुनुहुन्छ भने जैतुनको तेल र कागतीको रस प्रभावकारी हुन सक्छ । कागतीको रसमा जैतुनको तेल मिलाएर दैनिक सेवन गर्दा मिर्गौलाको स्टोन निकाल्न मद्दत पुग्छ । कागतीको रसले स्टोन फुटाउन र जैतुनको तेलले बाहिर निकाल्न मद्दत गर्छ ।

स्याउको रस
स्याउमा साइट्रिक एसिड हुन्छ । यसले मिर्गौलाको स्टोनलाई स–साना टुक्रामा तोड्न सहयोग गर्छ । यसको मात्रा मिलाएर गरिने सेवनले मिर्गौलाको स्टोन निर्मूल गर्न सकिन्छ । स्याउको बोक्राले शरीरमा रहेको टक्सिनलाई बाहिर ल्याउन पनि मद्दत गर्छ ।

स्याउको रस सेवन गर्दा उपयुक्त मात्रामा ध्यान दिनुपर्छ । दैनिक दुई चम्चा स्याउको रस तातोपानीका साथ सेवन गरेमा मिर्गौलाको स्टोनका लागि अचुक औषधि साबित हुन्छ ।

अनार
एन्टिअक्सिडेन्टल गुणले भरपूर अनारको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । अनारको जुसले शरीरलाई पानीको कमीबाट जोगाउँछ । यसरी अनारले प्राकृतिक रूपमा मिर्गौलाको स्टोन हुनबाट जोगाउँछ ।

अमला
अमलामा अनगिन्ती औषधीय गुण हुन्छ । त्यसैले आयुर्वेदमा यसको स्थान महत्त्वपूर्ण छ । अमलाको सेवनले मिर्गौलाको स्टोन निकाल्न सहयोग गर्छ । बिहानमा दैनिक एक चम्चा अमलाको पाउडर सेवन गर्नाले मिर्गौलाको स्टोन झार्न सहयोग पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय