सुत्केरीको मृत्युपछि नेपाल मेडिकल कलेजमा तोडफोड र प्रदर्शन, अस्पताल प्रशासन प्रहरी सम्पर्कबाहिर

जोरपार्टीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सुत्केरी महिलाको मृत्युपछि आक्रोशित आफन्तले अस्पतालमा प्रदर्शन र तोडफोड गरेका छन् । विहीबार राती प्रसुती गराउँने क्रममा मृत्यु भएकी भोजपुर षडानन्द नगरपालिकाकी २४ वर्षे सुनिता राईको मृत्यु पश्चात् तोडफोडमा उत्रिएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ ।

सामान्य तोडफोडपछि अस्पताललाई अहिले प्रहरीले सुरक्षा दिइरहेको बौद्धका डिएसपी रमेशबहादुर सिंहले जानकारी दिए । सिंहका अनुसार घटनालाई भबितव्य भन्दै अस्पताल प्रशासनका कोही पनि प्रतिनिधि सम्पर्कमा आउँन नचाहेका कारण आफन्तले प्रदर्शन रोक्न र शव उठाउन मानेका छैनन् । ‘आफन्तहरु आक्रोशित भइरहेका छन्, प्रशासनका मान्छे सम्पर्कमा आइरहेका छैनन्’ सिंहले भने । सिंहले निकाशका लागि दुबै पक्षलाई एकै ठाउँमा बसालेर छलफल गराउँन योजना रहेको सुनाए ।

नवजात शिशुको अवस्था भने सामान्य छ । प्रसुति गराउँन भ्याकुम लगाउँदा पाठेघरसमेत चुडिएर मृत्यु भएको आफन्तको भनाई छ । आफन्तले घटनाको सत्यतथ्य छानविनगरी दोसीमाथि कारवाहीको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय