जान्नुस् कागतीको स्वास्थ्य फाइदा

हेल्थपोस्ट
प्रकाशित
२०७६ पुष २६ गते ११:३३

कागती एक अमिलो जातको फल हो । कागती सानो र ठूलो बिभिन्न जातको हुन्छ । यसको बोक्रा, रस एवम् बिँया तथा पातसमेत विभिन्न रोगको उपचारमा काम आउँछ । यसको रस, पात र बोक्रलाई ताजा रुपमा प्रयोग गर्न सकिन्छ भने बोक्रा र पातलाई सुकाएर एवम् रसलाई पकाएर अमिलो तयार गरी चुकको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
कागतीका विशेष गुणहरु
कागती अमिलो खालको फल भएपनि यो क्षारप्रधान र पित्तशामक गुणको हुन्छ । आयर्वेदका अनुसार कागतीमा रक्तशोधक, मुत्रकारक, पसिना निस्कासक, ज्वरनिवारकजस्ता गुण पनि रहेको हुन्छ । कागतीमा भिटामीन ‘सी’ प्रशस्त मात्रामा रहेको हुन्छ । यसको प्रयोगबाट रक्तनली सफा हुन्छ ।

यो पाचक गुणले पनि पूर्ण छ । कागतीको रस सर्दी एवम् गर्मी दुबै प्रकृतिको हुन्छ । गर्मीमा चिसो पानीका साथमा यसको रस प्रयोग गरेमा शित्तलता प्राप्त हुन्छ भने तातो पानीका साथ पिएमा यसको शीत्तल गुण उष्णतामा परिणत हुन्छ । यसको बोक्रा र बिंया भने उष्ण प्रकृतिको हुन्छ । उपवासको समयमा कागतीको रस पानीका साथ पिइरने गरी केही दिनसम्म बस्दा शरीरमा विजातीय द्रव्य घट्छ ।

विभिन्न रोगहरुमा कागतीको प्रयोग
डण्डीफोर र अनुहारको पोतोः
कागतीको टुक्रालाई दिनहुँ डण्डीफोरमा सुत्नु अघि रगड्ने, रातभरि त्यसै राख्ने एवम् बिहान उठेर धुने गर्दा यसमा सुधार हुन्छ ।गहुँको पिठो वा वेसन वा मुल्तानी माटोमा कागतीको रस मिसाई दिनहुँ अनुहारमा लेपन गरी आधादेखि एक घण्टा बस्ने र पखाल्ने गर्दा डण्डीफोर र अनुहारको पोतो पनि लाभ गर्दछ ।
कागती र मह बराबर मिश्रित गरी अनुहारमा लेपन गर्ने र २०/३० मिनेटपछि कपासले रगडेर अनुहारमा मालिश गर्दा अनु्हारको चाँयामा सुधार हुन्छ ।
कपालमा चाँया पर्ने
कागतीको रस एवम् पानी मिसाई रौंको जरासम्म पुग्ने गरी रगड्ने र केहि बेरपछि पखाल्ने । हप्तामा २/३ पटक यसो गर्दा कपालको चाँया हट्दछ ।

कागतीको रस सर्दी एवम् गर्मी दुबै प्रकृतिको हुन्छ । गर्मीमा चिसो पानीका साथमा यसको रस प्रयोग गरेमा शित्तलता प्राप्त हुन्छ भने तातो पानीका साथ पिएमा यसको शीत्तल गुण उष्णतामा परिणत हुन्छ ।

उच्च रक्तचाप र ह्दय रोग
दिनहुँ पानीमा मिसाई वा दालमा मिसाई आधादेखि एकवटासम्म कागती खाने गर्दा रक्तचापमा फाइदा गर्दछ साथै ह्दय रोगमा पनि लाभ गर्दछ ।

कब्जियत
दिशा कडा हुने र सफा नहुने समस्या छ भने दिनको एउटा कागतीलाई ४/५ लिटर पानीमा मिसाई पटक पटक गरेर पिउने गर्दा कब्जियत हट्न सहयोग गर्दछ ।
चिलाउने समस्या
छाला चिलाउने सम्बन्धी समस्यामा कागतीको टुक्राले रगड्दै १/२ दिनको फरक पारी नुहाउने, सफा गर्ने गर्दा फाइदा हुन्छ ।
वान्ता एवम् वाकवाकीमा
वान्ता भइरहेमा एवम् वाकवाकी लागेमा कागती काटेर चुस्ने गर्दा रोकिन सहयोग मिल्दछ ।
रक्सीको नशा हटाउन
कसैलाई रक्सी खाएर बढी नशा लागेको छ भने कागतीको टुक्रा चुसाउने वा कागती पानीको सर्बत खुवाउने गर्दा रक्सीको मात हराउछँ ।
लू चलेमा
गर्मीमा तातो हावा चल्ने भै लूको प्रकोप भएमा कागती पानीको चिसो सर्बत बारम्बार पिउँदा त्यसको असर हुदैन ।
क्यान्सरवाट बच्न
नियमित रुपले दैनिक भोजनमा केही मात्रामा कागतीको प्रयोग गरी खाँदा क्यान्सरको जोखिम घटाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय