आइओएमद्वारा एमबिबिएस भर्नाका लागि अनलाइन कलेज प्रायोरिटी सेट गरेका ५३९ परीक्षार्थीको पूर्वमनोनयन सूची प्रकाशन

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले एमबिबिएस कार्यक्रममा कलेज भर्नाका लागि अनलाइन कलेज प्रायोरिटी सेट गरेका परीक्षार्थीको पूर्वमनोनयन सूची (प्रिनोमिनेसन लिस्ट) प्रकाशन गरेको छ । आइओएम डिन कार्यालय परीक्षा नियन्त्रण महाशाखाले शुक्रबार सूची सार्वजनिक गरेको हो ।

आइओएमले त्रिविअन्तर्गतका कलेजमा नेपाली पेइङ कोटातर्फ भर्नाका लागि पूर्वमनोनयन सूची प्रकाशन गरेको हो । यसअघि आइओएमले प्रवेश परीक्षामा योग्यताक्रम हासिल गरेका परीक्षार्थीलाई अनलाई कलेजको प्रायोरिटी सेट गर्ने समय दिएको थियो । आइओएमले यसपटक अनलाइन काउन्सिलिङलाई कार्यान्वयनमा ल्याएर पुरानो ओपनहाउस काउन्सिलिङको झन्झटिलो प्रक्रियाबाट विद्यार्थीलाई मुक्ति दिएको हो ।

‘आइओएमअन्तर्गतका कलेजमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्तिमा त्रिविअन्तर्गतका कलेजमा भर्नाका लागि मनोनयन कन्फर्म गरेका परीक्षार्थी र कलेजका विभिन्न कोटामा भर्नाका लागि मनोनयन भएका परीक्षार्थीको सिट हटाई बाँकी सिट तथा विदेशी परीक्षार्थीको सिटमा भर्ना भई बाँकी रहेका सिटमा नेपाली पेइङ कोटातर्फ परिवर्तन गरी कायम हुन आएको एमबिबिएसका सिटमा भर्नाका लागि अनलाइन कलेज प्रायोरिटी सेट गरेका परीक्षार्थीको पूर्वमनोनयन सूची प्रकाशन गरिएको छ,’ आइओएमको सूचनामा भनिएको छ ।

पूर्वमनोनयन सूचीउपर कसैको दाबीविरोध भएमा आइतबार (२७ पुस) विहान १० बजेभित्र आवश्यक प्रमाणसहित निवेदन गर्न सकिने आइओएमले जनाएको छ । त्यसका लागि आइओएमको इमेल entrance@iom.edu.np मा फाइनल कन्फर्मेसन पेजको प्रयोग गर्न र प्रमाणसहित निवेदन गर्न आइओएमले भनेको छ ।

यी हुन् पूर्वमनोनयनमा पर्ने ५३९ विद्यार्थी–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय