टियु र केयुअन्तर्गतका मेडिकल कलेजमा एमबिबिएस छात्रवृत्ति कोटाका विद्यार्थी मनोनयन, को–को परे ?

सरकारले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयअन्तर्गतका मेडिकल कलेजमा एमबिबिएस छात्रवृत्ति कोटाका विद्यार्थी मनोनयन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार दुई विश्वविद्यालयअन्तर्गत छात्रवृत्ति कोटाका लागि योग्यताक्रम अनुसार २३२ विद्यार्थी छनोट गरी सूची सार्वजनिक गरेको हो । छनोट सूचीमा त्रिविअन्तर्गतका कलेजका लागि १३२ र केयुअन्तर्गत १०९ जना छन् ।

राष्ट्रिय चिकित्साशिक्षा २०७५ ले सार्वजनिक मेडिकल कलेजहरुमा स्नातक तहमा ७५ प्रतिशत सिट छात्रवृत्तिका लागि छुट्याउनुपर्ने व्यवस्था गरेसँगै सरकारले यसै शैक्षिक वर्षदेखि सो ऐनको प्रावधान लागू गर्ने निर्णय गरेको थियो । सार्वजनिक मेडिकल कलेजका रुपमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको महाराजगन्ज कलेज, पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानलाई छन् । मन्त्रालयले शुक्रबार छनोट गरेको सूचीमा महाराजगन्ज कलेजमा ७५ प्रतिशत छात्रवृत्ति नियम लागू हुनेछ ।

त्यसैगरी, त्रिविअन्तर्गतका अन्य कलेज तथा केयुअन्तर्गतका कलेजको हकमा स्वदेशी लगानीमा सञ्चालन भएकाले १० प्रतिशत र विदेशी लगानीकाले २० प्रतिशत कोटा छात्रवृत्तिका लागि अनिवार्य छुट्याउनुपर्ने ऐनले व्यवस्था गरेको छ । सोही प्रयोजनका लागि मन्त्रालयले योग्यताक्रमअनुसारको छात्रवृत्तिका विद्यार्थीको छनोट गरेको हो ।

को–को छनोट भए छात्रवृत्ति कोटामा ? सूची होर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय