यी ९ लक्षण जसले आँखाको समस्या संकेत गर्छन्

१ . आँखा रातो हुने : यो सबभन्दा सामान्य लक्षण हो । यो आँखामा श्वेतपटल, इपिस्क्लेरा र सिलियरी रक्तनलीहरुको तातोपन र रातोपन हुन्छ । यो संक्रमण पोल्ने, सूजन, चोटपटक, ट्युमर आँखाभित्रको चाप बढेमा हुन्छ ।
२. दुखाई :  आँखामा चोट पटक, रसायपिक यान्त्रिक,शारीरिक संक्रमण, सूजन वा आँखाको भित्री चाप बढेमा हुन्छ । आँखामा कसेर पसेमा , कर्नियामा चोटपटक भएमा ग्लाउकोमामा पनि पीडा हुन्छ ।
३. आँखा च्रिपा लाग्नु :  धेरैजसो ब्याक्टेरिया र भाइरस इन्फेक्सनबाट आँखा पाक्छ । पीप बाक्लो भएमा ब्याक्टेरियल र पानी जस्तो आँसु बगेमा भाइरल हो भन्ने अनुमान गर्नुपदछ । भाइरसबाट आँखा पाकेमा उज्यालोबाट आँखा तर्सिने, पोल्ने हुन्छ । आँसु बग्ने नली अवरोध भएमा पनि आँसु बगिरहन्छ । एलर्जीबाट आँखा पाकेमा धेरैजसो आँखा चिलाउछ ।
५. आँखालाई बल पर्ने : लामो अवधिसम्म पढ्नु, धेरै बेरसम्म लगातार टि.भी हेरेमा, बन्द कोठामा बसेमा वा कम्युटरमा लामो समयसम्म लगातार काम गरेमा आँखामा बल पर्छ । चश्माको शक्ति नमिलेमा, पढ्दा उज्यलो नपुगेमा, काम गर्दा असजिलो वातावरण भएमा पनि आँखालाई बल पर्छ । कहिले बल गरेर टाढाको हेर्ने, आँखालाई बल गर्छ । कहिले बल गरेर टाढाको हेर्ने, आँखाले नठम्याउने किसिमले सिउने, सुईटर बुन्ने आदिमा नि आँखालाई बल पर्छ ।
६. उज्यालोदेखि आँखा तर्सिने :  कर्नियाको सूजन, एफाकिया, आइराइटिस र आँखाको अल्विनिज्म मा हुुन्छ । समान्य रुपामा धेरै रुवा,इन्पल्युएञ्जा भाइरल ज्वरोमा पनि आँखाले हेने गाहो हुन्छ ।
७. आँखाको अगाडि भिल्को देखिनु :  यो virtuous opacities मा देखिने हो तर यसले खास मतलब राख्दैन । कहिलेकाहीँ भिल्को देखिएमा चretinal detachment and posterior uveitis भएको संका गर्नुपर्दछ ।
८. टाउको दुख्ने :  आँखाको कारणले पनि टाउको दुख्छ तर आँखालाई बल पर्ने काम गरेमा वा चश्माको पावर नमिलेमा पनि टाउको दुख्छ ।
९. दोबर दृष्टि :  आँखाका मांसपेशीहरुको आघात वा रक्तस्राव, सूजन चोटपटक वा केन्दीय स्नायू प्रणलीका तेस्रो चोथौ र छैटौ केन्द्रीय मस्तिष्क पक्षघात भएमा पनि दोब्बर दृष्टि देखिने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय