शोध भन्छ– पिसाबको रङले दिन्छ क्यान्सर भए–नभएको जानकारी, नीलो रङ कोलोन क्यान्सरको संकेत

पिसाबको परीक्षणबाट क्यान्सर पत्ता लगाउन सकिने अनुसन्धानले देखाएको छ । मेसाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकले पिसाबको रङबाट क्यान्सरको जानकारी दिने प्रयोग गरेका थिए । यसको ट्रायल मुसामा गरिएको थियो । शोधकर्ताका अनुसार परीक्षणका क्रममा पिसाबको रङ नीलो भएमा त्यसले कोलोन क्यान्सरको पुष्टि गर्छ । अनुसन्धाताको दाबी छ कि, जाँचको यो तरिका निकै सस्तो छ र आममानिसको पहुँचमा हुनेछ ।

शोधका प्रमुख ३ निष्कर्ष, १ घण्टाभित्रै आउँछ परीक्षणको रिपोर्ट

१. यो शोध मेसाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी र लन्डनको इम्पेरियर कलेजले मिलेर गरेका थिए । शोधकर्ताका अनुसार पिसाबको परीक्षणबाट सुरुवाती स्टेजमै क्यान्सर पत्ता लगाउन सकिन्छ । नेचर नानो टेक्नोलोजी नामक जर्नलमा प्रकाशित यो शोधमा बताइएको छ– यो परीक्षणका लागि ल्याबमा अधिक इक्विपमेन्ट आवश्यक हुँदैन र जाँचको यो तरिका अत्यन्तै सरल छ ।

परीक्षणका क्रममा पिसाबमा रसायनको क्रिया–प्रतिक्रियाले यसको रङ बदलिन्छ, जसले क्यान्सरको जानकारी दिन्छ । यो शोध १८ मुसामा गरिएको थियो, जसमध्ये १४ वटा कोलोन क्यान्सरबाट पीडित थिए भने बाँकी १४ वटा सामान्य थिए ।

२. शोधकर्ता प्रोफेसर मौली भन्छन्– परीक्षणका क्रममा पिसाबमा रसायनको क्रिया–प्रतिक्रियाले यसको रङ बदलिन्छ, जसले क्यान्सरको जानकारी दिन्छ । यो शोध १८ मुसामा गरिएको थियो, जसमध्ये १४ वटा कोलोन क्यान्सरबाट पीडित थिए भने बाँकी १४ वटा सामान्य थिए । स्याम्पल लिएको आधा घण्टाभित्रै परीक्षण सम्भव भयो । शोधकर्ताले यसलाई ‘कोलोरिमेट्रिक युरिनरी एस्से’ नाम दिएका छन् ।

३. शोधकर्ताका अनुसार यो परीक्षणको मद्दतले कैयौँ प्रकारका क्यान्सर तथा अन्य रोग पत्ता लगाउन सकिन्छ । जाँचको अहिले सुरुवाती अवस्था रहेकाले यसलाई थप राम्रो बनाउने कोसिस भइरहेको छ । वर्तमान अभ्यासमा क्यान्सरको जाँचका लागि एमआरआई स्क्यान, रक्तपरीक्षण गरिँदै आएको छ, जसको रिपोर्ट आउन समय लाग्ने गरेको छ । तर, पिसाबको परीक्षणको यो विधिमा रिपोर्ट एक घण्टाभित्रै आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय