मन्त्रिपरिषद् निर्णय : ‘एक स्वास्थ्य रणनीति २०७६’ स्वीकृत

नेपाल सरकारले ‘एक स्वास्थ्य रणनीति २०७६’ स्वीकृत गरेको छ । १४ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले ‘एक स्वास्थ्य रणनीति २०७६’ स्वीकृत गरेको हो । यो प्रस्ताव पशुपक्षी विकास मन्त्रालयबाट मन्त्रिपरिषद्मा लगिएको थियो ।

बिहीबार नियमित पत्रकारसम्मेलनमार्फत मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सो जानकारी गराएका हुन् । मन्त्री बास्कोटाका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय