केएमसीले पाएन एससिएच न्युरोसर्जरी कार्यक्रम अनुमति, लुम्बिनीमा एमसिएच युरोलोजी सञ्चालन गर्न नमिल्ने

लुम्बिनी मेडिकल कलेज, पाल्पामा प्रस्तावित एमसिएच युरोलोजी कार्यक्रमले सञ्चालन अनुमति नपाउने भएको छ । नेपाल मेडिकल काउन्सिलको ११ पुसको पूर्ण बैठकले सो कार्यक्रम सञ्चालनका लागि अनुमति दिन नमिल्ने निर्णय गरेको हो ।  काउन्सिलले गठन गरेको निरीक्षण टोलीले स्थलगत निरीक्षण गरी कार्यक्रमका लागि पूर्वाधार तथा मापदण्ड नपुगेको प्रतिवेदन दिएपछि काउन्सिलले लुम्बिनीमा एमसिएच युरोलोजी कार्यक्रम सञ्चालन गर्न नमिल्ने जानकारी काठमाडौं विश्वविद्यालयलाई पठाउने निर्णय गरेको हो ।

केएमसी सिनामंगलले पनि पाएन एससिएच न्युरोलोजी कार्यक्रम सञ्चालन अनुमति
त्यसैगरी, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा प्रस्तावित एससिएच न्युरोसर्जरी विषयको कार्यक्रमसमेत सञ्चालन गर्न नमिल्ने काउन्सिलले ठहर गरेको छ । काउन्सिलको निरीक्षण टोलीले केएमसीमा सो कार्यक्रम सञ्चालन गर्न मापदण्ड नपुगेको प्रतिवेदन दिएपछि कलेजले सञ्चालन अनुमति नपाउने भएको हो ।

काउन्सिलको ११ पुसकै बैठकले केएमसीमा प्रस्तावित एससिएच न्युरोसर्जरी विषयको कार्यक्रम सञ्चालन गर्न नमिल्ने व्यहोरा काठमाडांै विश्वविद्यालयलाई जानकारी गराउने निर्णय गरेको छ । यद्यपि, केएमसीले काउन्सिलको सोही बैठकबाट एमसिएच प्लास्टिक सर्जरी अध्यापनका लागि १ सिटको अनुमति पाएको छ ।
केएमसी र लुम्बिनी दुवै काठमाडौं विश्वविद्यालयअन्तर्गत सञ्चालनरत कलेज हुन् । यो सँगै काउन्सिलको सो बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय