काठमाडौं विश्वविद्यालयअन्तर्गतका कलेजको डिएम/एमसिएच सिट निर्धारण, कसलाई कति सिट ?

नेपाल मेडिकल काउन्सिलले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूमा सञ्चालन हुने डिएम\एमसिएच कार्यक्रमका लागि सिट निर्धारण गरेको छ । काउन्सिलको ११ पुसमा बसेको बैठकले केयूअन्तर्गतका कलेजको विशेषज्ञता अध्ययनको कोटा निर्धारण गरेको हो ।

कलेजको सिट निर्धारणका लागि राष्ट्रिय चिकित्साशिक्षा आयोगले २१ कात्तिकमा काउन्सिललाई पत्र लेखेको थियो । आयोगको पत्रपछि काउन्सिलले निरीक्षण टोली गठन गरेको थियो । टोलीले कलेजहरूको पूर्वाधारलगायत मापदण्ड पुगे–नपुगेको निरीक्षण गरी काउन्सिलमा प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा काउन्सिलको यस वर्षको १४औँ पूर्ण बैठकले एमडी÷एमसिएच कार्यक्रमका लागि कलेजहरूको सिट निर्धारण गरेको हो ।

कसलाई कति सिट ?
– मणिपाल कलेज अफ मेडिकल साइन्सेज, पोखरा – १ सिट
मणिपालले डिएम कार्डियोलोजी अध्यापनका लागि एक सिट पाएको छ ।

– कलेज अफ मेडिकल साइन्सेज, भरतपुर – ४ सिट
कलेज अफ मेडिकल साइन्सेजलाई डिएम ग्यास्ट्रोइन्टेरोलोजीका लागि १ सिट, डिएम नेफ्रोलोजीका लागि १ सिट, एससिएच युरोलोजीका लागि एक सिट र एमसिएच सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजीका लागि १ सिट गरी जम्मा ४ सिट दिइएको छ ।
– काठमाडौं मेडिकल कलेज, सिनामंगल, काठमाडौं – १ सिट
केएमसी सिनामंगलले एमसिएच प्लास्टिक सर्जरी अध्यापनका लागि १ सिट पाएको छ ।

– नेपाल मेडिकल कलेज, जोरपाटी, काठमाडौं – १ सिट
एनएमसी जोरपाटीलाई पनि १ सिट दिइएको छ । एनएमसीले डिएम नेफ्रोलोजीका लागि १ सिट पाएको हो ।

कलेजको सिटनिर्धारणसहित काउन्सिलको बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ । बैठकले नवनियुक्त रजिस्ट्रार तथा सदस्यहरूलाई स्वागत गरेको छ । काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान् कोइरालाले नवनियुक्त रजिस्ट्रार तथा सदस्यलाई शपथ खुवाएका छन् । यसैगरी, विभिन्न कलेजले माग गरेको नयाँ कार्यक्रम सञ्चालन अनुमतिबारे निरीक्षण टोलीको प्रतिवेदनका आधारमा सञ्चालन अनुमति दिन मिल्नेको हकमा आयोगमा सिफारिस गर्ने तथा नमिल्नेमा सम्बन्धित विश्वविद्यालयलाई जानकारी गराउने निर्णयसमेत काउन्सिलको बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय