बालबालिकामा लुलोपन : सामान्यदेखि प्राणघातकसम्म

हेल्थपोस्ट
प्रकाशित
२०७६ पुष १७ गते १०:५७

शिशु अवस्था र बाल्यकालमा हुने अनेक गडबडीमध्ये मांसपेशी र अस्थिपञ्जर प्रणालीका गडबडी अत्यधिक पाइन्छन् । यस्ता समस्याले धनजनको खती मात्र नभई परिवारमा समेत ठूलो बोझ निम्त्याउने गरेका छन् । स्वस्थ बच्चालाई मात्र हुर्काउने, वृद्धवृद्धालाई उचित स्थान नदिने तथा अपांगता भएकालाई तिरस्कार गर्ने प्रवृत्ति घोर निन्दनीय छ । बच्चामा लुलो–लंगडोपन कुनै रोगभन्दा पनि अन्य रोगका लक्षण हुन् । यसका मुख्य प्रकार तथा कारण यसप्रकार छन्–
१. जन्मजात लुलोपन ।
२. क्रोमोजमको गडबडी : डाउन सिन्ड्रोम ।
३. स्नायुको गडबडी ।
४. कर्नइक्टेरस (जन्डिस धेरै मात्रामा भएर दिमागमा थुप्रिनु)
५. पाइस्थेनिया ग्रेभिस ।
६. पोलिनेउराटिस ।
७. कुपोषणको कडा रूप ।
८. रिकेट्स ।
९. दन्तहर्ष ।

आयोडिनको कमीबाट हुने क्रोटिनिज्म :  यसमा कारणअनुसार र रोगको प्रकृतिअनुसार बिरामीका लक्षण फरक–फरक हुन सक्छन् ।
नवजात शिशुमा लुलोपन :  समयभन्दा पहिले जन्मेका बच्चा जन्मिँदा निसासिएमा, मस्तिष्कभित्र रक्तस्राव भएमा, सिथिल गर्नेखालका औषधि प्रयोग भएमा, धेरै सिकिस्त सेप्टेसेमिया भएमा त्यस्ता बच्चामा बढी लुलोपन (हापोटोनिया) देखिन्छ । जन्मनेबित्तिकै लुलोपन पत्ता लगाउन गाह्रो पर्छ । बच्चा सुस्त, खाना नखाने, काप्ने भएमा तथा कमजोर देखिएमा लुलोपनको शंका गर्न सकिन्छ ।

स्पाइनल कर्डमा चोटपटक : 
महिला सुत्केरी हुनेवेलामा तेर्सिएर वा पिठ्युँ तल परेको उल्टो बच्चाको जबर्जस्ती तानतुन गरेर प्रसूति गराउँदा वा अदक्ष सुडेनीबाट सुत्केरी गराउँदा स्नायुमा गडबडी हुन सक्छ । यस्तोमा कसैको कुनै हात नचल्ने, कसैको खुट्टा नचल्ने कसैको पिसाब बगिरहने वा पिसाब बन्द हुने अवस्थासमेत आउँछ । स्नायु नै चुँडिएको अवस्था भएमा केही गर्न सकिँदैन । अन्य चोटपटक मात्र भएमा बिस्तारै ठिक हुन्छ ।

मायेस्थेनिया ग्राभिस :
जन्मेको २–३ दिनमै शिशु लुलो देखिने, खुवाउन गाह्रो हुने, निल्न गाह्रो मान्ने हुन्छ भने मुख चौडा देखिन्छ । नियोस्टेग्मिन सुई दिएपछि डायग्नोसिस हुन्छ ।
यसबाहेक नवजात शिशुमा जन्मजात मायोपेथिजहरू, ग्लाइकोजेन स्टोरेजका रोगहरू, क्रोमोजम्सका रोगहरू पनि हुन्छन् ।

शिशुमा लुलोपन भएको कसरी थाहा पाउने ?
ठूला बच्चाको तुलनामा साना बच्चा बढी सक्रिय हुन्छन् । जन्मने महिनाभन्दा पहिले नै जन्मेका बच्चाहरू कम सक्रिय हुन्छन् । मांसपेशीको टोन गर्भावस्थाको अवधि बढ्दै गएपछि बढ्दै जान्छ । लुलो बच्चा भ्यागुताको जस्तो पोजिसनमा बस्छ । घोप्टो पारेर सुत्दा बच्चा पुतलीजस्तै देखिन्छ । खुट्टा पछाडि तान्छ ।

धेरैजसो सुस्त मनस्थितिका बच्चा लुला भएका हुन्छन् । मस्तिष्काघातको पहिलो लक्षण नै हाइपोटोनिया हो ।

ड्युकेट मस्कुलर डिस्ट्रफी :
यो प्रायः केटामा मात्र हुने मांसपेशी प्रणालीको रोग हो । यो पाँच वर्षभन्दा पहिले निस्कन्छ र धेरैजसोमा २० वर्ष पार गर्न गाह्रो पर्छ । मांसपेशीका रेसाहरूमा निक्रोसिस हुन्छ । साना मांसपेशीका रेसामा बोसो जम्मा हुन्छ ।

यसको सबैभन्दा पहिलो लक्षण भनेकै उभिने र हिँड्ने हो । यसमा भर्याङ चढ्न, भुइँबाट उभिन पनि गाह्रो पर्छ र २ वर्षको उमेरदेखि नै लुलोपन भएको थाहा लाग्न सक्छ । बच्चाले हात, टाउको माथि लैजान सक्दैन र कपाल कोर्न सक्दैन । उठ्नुपर्यो भने हात तिघ्रामा समाएर उठ्छ । मुटुको आकार पनि बढ्छ । मुटुको धड्कन बढ्छ तथा मुटुको दुर्बलता भएर बिरामी मर्छ ।

भविष्यको गति :
यो समस्यामा १२ वर्षको उमेरसम्म प्रायः थला पर्छन् । कार्डियो मायोपेथी र मुटुको जटिलताबाट २० वर्षभित्रमा धेरैको भाग्य निर्धारण भइसक्छ ।

रोकथाम
महिला क्यारियर हुने हुनाले आमाको सिपीको जाँच तथा इएमजी हेरेमा यो रोगबारे पहिले नै थाहा हुन सक्छ ।

लुलोपनबाट कसरी बच्ने ?
आधुनिक चिकित्साप्रणाली धेरै विकसित भएको देखिए पनि कतिपय रोगको हालसम्म पनि औषधि पत्ता लागेका छैनन् । यदि आमा नै उच्च खतराजन्य अवस्थाकी छिन् भने लुलो, लंगडो बच्चा पाउने कि नपाउने उनको खुसीको कुरा हो ।

प्रसवकालमा हुने खतरा र अन्य जटिलता भने बिस्तारै कम गर्न सकिन्छ । वैज्ञानिक सुत्केरी प्रक्रिया र दक्ष सुडेनी वा डाक्टरबाट सुत्केरी गराएमा जोखिम कम गर्न मद्दत मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय