तनाव हुँदैमा रोग लाग्छ नै भन्ने हुँदैन, तर यसरी बन्छ घातक

सामान्यतया तनावलाई खासै गम्भीर समस्याका रूपमा लिइँदैन । जबसम्म यसले डिप्रेसन तथा मानसिक रोगको रूप लिइसकेको हुँदैन, तबसम्म यसलाई बेवास्ता गरिन्छ । सामान्यखालको तनावलाई दैनिक जीवनको एक हिस्सा सम्झेर बेवास्ता गरिएको हुन्छ । शरीरमा कुनै प्रकारको स्नायु, अन्तस्राव तथा इम्युनोलोजी प्रणालीले असर गर्छ । यसमा केन्द्रीय तथा परिधि स्नायु प्रणाली, पिट्युटरी ग्रन्थि, एड्रेनल ग्रन्थि र लिम्फटिक प्रणालीको काम गर्छ । यिनले शरीरका सम्पूर्ण भागलाई असर गर्छन् ।

तनाव आवश्यकीय र फाइदाजनक पनि हुन सक्छ । मानिस बाँचुन्जेल तनावमुक्त रहन सक्दैन । बाँच्न र वृद्धिका लागि केही मात्रामा स्ट्रेस पनि आवश्यक छ । शरीरको नर्मल फ्रेमभित्र पनि काम गर्न सकिन्छ । तनाव धेरै र लगातार भएमा तथा त्यसले शरीरको नियमित प्रक्रियामा अवरोध आएमा तनावले नोक्सान पुर्याउँछ । शरीरले तनाव झेलेपछि रेस्पोन्स गर्ने कोसिस गर्छ । यदि शरीरले यथेष्ट मात्रामा रेस्पोन्स गर्न सकेन भने रोग लाग्न सक्छ ।

शरीरमा तनावको विकास हुनेबित्तिकै रेस्पोन्स हुन्छ नै भन्ने हुँदैन । यसबाट रोग लाग्छ नै भन्ने छैन । तनाव विकसित हुनु र रोग लाग्नुमा वातावरणको पनि ठूलो भूमिका हुन्छ । यदि तनाव धेरै भएमा र लामो समयसम्म भएमा भने मानसिक सन्तुलन हराउँछ ।  यो विश्वास गरिन्छ कि, तनाव भएपछि चाँडै बुढ्यौली लाग्छ । यसले भौतिक र शारीरिक चिह्नहरू पैदा गर्छ । समय बित्दै जाँदा मानिसले तनावलाई जवाफ दिन छाड्छ र मृत्युतिर धकेलिन्छ ।

तनावका स्रोत
१. ब्याक्टेरिया, भाइरस र परजीवीको आक्रमण ।
२. चोटपटक, जलन, बिजुलीले डाम्नु ।
३. अपर्याप्त खाना, अपर्याप्त न्यानोपन तथा असुरक्षा ।
४. चोटपटकको डरलाग्दो कल्पना गर्नु ।
५. आधारभूत आवश्यकता पूर्ति नहुनु ।
६. शरीरको आन्तरिक अवस्थामा परिवर्तन हुनु, जस्तै, यौवनावस्था प्रवेश गर्दा महिनावरी, गर्भवती अवस्था, भर्खर महिनावारी रोकिएको अवस्था ।
७. परिवारमा सम्बन्ध नराम्रो हुनु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय