नर्सिङ संघको नयाँ कार्यसमितिले लियो शपथ

नेपाल नर्सिङ संघका नवनिर्वाचित पदाधिकारीले शपथ लिएका छन् । शुक्रबार संघले आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रा. मनकुमारी राईलगायत पदाधिकारी तथा सदस्यले शपथग्रहण गरेका हुन् । कार्यसमितिमा निर्वाचित पदाधिकारीले कार्यभार सम्हाल्नुअघि शपथ लिनुपर्ने प्रावधान छ ।

संघको बुधबार सम्पन्न निर्वाचनमा सत्तरूढ नेकपानिकट प्रगतिशील प्यानल विजयी भएको थियो । नर्सहरुको छाता संगठनमा स्थापनाकालदेखि नै प्रगतिशील समूहको एकछत्र वर्चश्व रहँदै आएको छ । यसपटक पनि प्रगतिशील समूहको सम्पूर्ण प्यानल ठूलो मतान्तरले विजयी भएको थियो ।

करिब १६ प्रतिशत नर्स आबद्ध संघको यसपटकको निर्वाचनमा एकतिहाइ मातदाताले मात्र मत खसालेका थिए । दुई प्रत्याशीबीच भएको प्रतिस्पर्धामा अध्यक्षमा विजयी राईले ३ हजार २ सय ७६ मत प्राप्त गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय