प्रधानमन्त्री ओलीको डायलाइसिस जारी

प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलाइसिसका लागि अस्पताल पुगेका छन् । शुक्रबार दिउँसो नियमित स्वास्थ्यपरीक्षणका लागि भन्दै त्रिवि शिक्षण अस्पतालअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री ओलीको यतिवेला डायलाइसिस भइरहेको स्रोतले जनाएको छ ।

१२ वर्षअघि प्रत्यारोपित मिर्गौलाले काम गर्न छोडेपछि प्रधानमन्त्री ओली केही महिनादेखि नियमित डालाइसिसमा छन् । केही साताअघि एपेन्डिसाइटिस कुहिएर पेटमा संक्रमण फैलिएका कारण उनको मनमोहन सेन्टरमै आकस्मिक शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि प्रधानमन्त्री ओलीको ९ दिनसम्म आइसियूमा राखेर उपचार गरिएको थियो ।

प्रत्यारोपित मिर्गौलाले काम गर्न छाडेपछि पुनः प्रत्यारोपण वा नियमित डायलाइसिस मात्र विकल्प रहेका प्रधानमन्त्री ओलीले यसबीचमा दर्जनौँपटक डायलाइसिस गराइसकेका छन् । यद्यपि, पुनः प्रत्यारोपण गर्नु उपयुक्त हुने सुझाब उपचारमा संलग्न चिकित्सकहरुले दिँदै आएका छन् । स्वास्थ्यअवस्था हेरेर उपयुक्त समयमा पुनः प्रत्यारोपण गरिने चिकित्सकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय