कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. निरेश थापा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष (रेक्टर) मा डा. निरेश थापा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णयबाट डा. थापालाई शिक्षाध्यक्षको जिम्मेवारी दिएका हुन् ।

यसअघि प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले रेक्टरका लागि डा. थापासहित डा. भरतमणि पोखरेल र डा. बद्री बडूको नाम सिफारिस गरेका थिए । सिफारिसमा डा. थापाको नाम पहिलो नम्बरमा थियो । नवनियुक्त शिक्षाध्यक्ष डा. थापा वि.सं. २०७१ देखि प्रतिष्ठानमा कार्यरत छन् ।

सैनामैना–६ रूपन्देहीनिवासी ४० वर्षीय डा. थापा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका एसोसिएट प्रोफेसर हुन् । उनले सन् २०१५–१९ मा चीनको हुवाङ विश्वविद्यालयबाट गाइनोकोलोजी, अंकोलोजीमा विद्यावारिधिसमेत गरेका छन् । उनले भारतको क्रिस्चियन मेडिकल कलेजबाट सन् २०१२–१४ मा डिस्ट्यान्स फेलोसिप इन डाइबेटिज म्यानेजमेन्ट, सन् २००९–१२ मा त्रिभुवन विश्वविद्यालयबाट एमडिजिपी र चीनको हुवाङ विश्वविद्यालयबाट २०००–०६ मा एमबिबिएस गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय