पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन

हेल्थपोस्ट
प्रकाशित
२०७६ पुष १० गते ९:४१

नेपाल सरकारका पूर्व सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । कुसल प्रशासक श्रेष्ठको विहीबार विहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।
श्रेष्ठले स्वास्थ्य, शिक्षा र स्थानीय विकास मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए ।

अस्पतालका आइसियु विभाग प्रमुख डा. सुवास आचार्यका अनुसार भाइरल फ्लुका कारण मल्टिअर्गान फेलियोर भएर श्रेष्ठको विहान ८ बजे निधन भएको हो ।

स्वस्थ्यमा आकस्मिक समस्या देखिएपछि मंगलवार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सिकहरुले श्रेष्ठलाई स्वाइन फ्लु थियो थिएन भन्ने बारे परीक्षण रिपोर्ट आइसकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय