नर्सिङ संघमा प्रगतिशील प्यानल विजयी (अन्तिम मत परिणामसहित)

नेपाल नर्सिङ संघमा नेकपा निकटको प्रगतिशील समूहले सबै प्यानल जितेको छ । प्रतिस्पर्धामा संयुक्त पेसागत प्यानलकी प्रा. मुना राना थापा प्यानललाई नै पराजित गर्दै वर्षौदेखि संघमा वर्चश्व राख्दै आएको प्रगतिशील समूहले यसपटक पनि बाजी मारेको हो । जसअनुसार संघको अध्यक्षमा प्राध्यापक मनकुमारी राई विजयी भएकी छिन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मीना बानियाँ, महासचिवमा नर्वदा थापा, सचिवमा प्रमिला थकाली, कोषाध्यक्षमा कल्पना श्रेष्ठ, खुला सदस्यमा विजया अधिकारी, जनजाति सदस्यमा हरिप्रसाद कोजू विजयी भए ।

सदस्यमा सोनु शेर्पा, सपना विक, अञ्जुकुमारी महतो, कोहिनुर फारुकी, अम्बिका पौडेल र सीता केसी विजयी भएका छन् । देशभरमा २१ वटा मतदानकेन्द्र बुधबार मतदान भएको थियो । नेपाल नर्सिङ काउन्सिलमा हालसम्म ८९ हजार ७ सय ८७ नर्स दर्ता भइसकेका छन् । नर्सिङ अभ्यासका लागि अनुमति पाउनेको संख्या यति ठूलो भए पनि पेसागत संगठन संघमा आबद्ध हुने नर्सको संख्या भने ज्यादै न्यून छ ।

संघको यसपटकको निर्वाचनका लागि कुल १५ हजार १ सय ५९ मतदाता रहेको संघले जनाएको छ । यसपटक अन्तिम समयमा आएर उल्लेख्य मात्रामा मतदाता बढेका थिए । हरेक ३ वर्षमा हुनुपर्ने संघको निर्वाचन २ वर्ष ढिलो गरी ५ वर्षपछि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय