केयूले बढायो इन्टर्न डाक्टरको भत्ता, अब नाइट ड्युटीबापत पनि भत्ता

हेल्थपोस्ट
प्रकाशित
२०७६ पुष ७ गते १८:०७

काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिसिनअन्तर्गत सञ्चालनरत मेडिकल कलेजका इन्टर्न डाक्टरको मासिक भत्ता बढ्ने भएको छ । केयूले आफूमातहतका मेडिकल कलेजका इन्टर्न डाक्टरको भत्ता ३ हजार बढाएको हो ।

अब केयूअन्तर्गतका मेडिकल कलेजका एमबिबिएस र बिडिएसका इन्टर्न डाक्टरले मासिक १३ हजार पाउनेछन् । यसअघि उनीहरूले मासिक १० हजार पाउँदै आएका थिए । यसैगरी, नाइट ड्युटी गर्ने चिकित्सकलाई थप १५ सय भत्ताको व्यवस्था गरिएको केयूको स्वास्थ्य विज्ञान कार्यकारी परिषद्ले जनाएको छ । मेडिकल कलेजका इन्टर्न डाक्टरले यसअघि नाइट ड्युटीबापत भत्ता पाउने गरेका थिएनन् ।

इन्टर्न डाक्टरको मासिक भत्ता कम भएको भन्दै विद्यार्थीले आन्दोलन गरेपछि केयूले १ कात्तिकदेखि भत्ता बढाउने निर्णय गरेको थियो । केयूले निर्णय कार्यान्वयनका लागि आफूमातहतका सबै मेडिकल कलेजलाई परिपत्रसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय